नेपाल आइडलबाट बाहिरिँदा जो पनि डाँको छोडेर रुन्छन्,तर हिना भने हाँस्दै मञ्चबाट बाहिरिइन्
प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ । अघिल्लो वर्ष चर्चाको शिखरमा रहकेो आइडल यसपटक भ्वाइस अफ नेपालका कारण अघिल्लो वर्ष जति चर्चामा नरहे पनि दर्शकहरुले भने रुचाइरहेका छन् ।
जारी सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह रहेता पनि यसपटकका प्रतिस्पर्धीहरु अझै प्रतिभावान् भएको आयोजकको दाबी छ । यसैबिच गएराती सम्पन्न प्रतिस्पर्धामा टप ११ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यही प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा हिना मल्ल बराइली बाहिरिएकी छिन् । अब १० जना प्रतिस्पर्धीले आफ्नो कला कौशल देखाउनेछन् ।