कुन–कुन शहर बन्दैछ अत्याधुनिक ?


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

विराटनगर, बुटवल, वीरगंजलगायत शहरमा शहरी विकास परियोजना सञ्चालन हुँदै

पहिलो पटक संघियताको अभ्यास गरेको नेपालको अवको प्रमुख लक्ष्य समृद्ध नेपाल हो । समृद्धिको महत्वपुर्ण आधार व्यवस्थित पुर्वधार निर्माण पनि हो । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको पहलमा छलफल निरन्तर जारी छ ।

लामो राजनीतिक संक्रमणकालको अन्त्यपछि संविधानसभाबाट नयाँ संविधान जारी गर्दै संघीय गणतन्त्रसहितको यात्रा तय गरेको एक वर्ष पुरा भएको छ । त्यही संविधानअनुसार निर्वाचन भई नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई बहुमत प्राप्त संघीय सरकारले विकास र समृद्धिलाई मुख्य नारा बनाएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आठ महिनामा पनि नागरिकका दैनिक जीवनसँग सरोकार राख्ने विषयहरुको सम्बोधन नहुँदा आलोचना बढ्न थालेको छ । जनस्तरमा आलोचना भए पनि सरकारले आफ्नो नाराअनुसारको काम अघि बढाइरहेको बताउँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार सहरी विकास मन्त्रालय र एशियाली विकास बैकको सहकार्यमा शहरी कोरिडोरको पहल तथा व्यवस्थित शहर निर्माणका विषयमा छलफल भएको छ । छलफलको उद्घाटन समारोहमा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले विराटनगर, बुटवल, वीरगंजलगायत देशका मुख्यमुख्य क्षेत्रमा शहरी विकास परियोजना संचालन गर्न लागिएको बताए । सहरी विकास परियोजना कार्यान्वयनसम्बन्धी अवधारणा सार्वजनिक गर्दै मन्त्री राईले सहरी विकाससम्बन्धी महत्वकांक्षी परियोजना संघीय सरकार एक्लैले कार्यान्वयन गर्न नसक्ने स्पष्ट पारे । संघीय सरकारले एसियाली विकास बैंकले तयार पारेको परियोजनाको अवधारणा लागू गराउन आवश्यक सहयोग गर्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

सरकारले लिएको लक्ष्य प्राप्तिका लागि शहरी विकाससम्बन्धी सचेतना, जमिनको व्यवस्थापन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीलाई प्राथमिकता दिई अघि बढ्न जरुरी रहेको विज्ञहरुको ठम्याइ छ । पूर्वी र पश्चिमी नेपाल दुवैतर्फको कोरिडोर क्षेत्रमा बसोबास बढ्दै गएको छ । यसको वैज्ञानिक व्यवस्थापन साथै समावेशीतासहितको दिगो विकास, समृद्ध नेपालको सपनामा एउटा आधार बन्ने उनीहरुको सुझाव छ ।

सन् २०३० को अन्त्यसम्म पश्चिमी कोरिडोरस्थित लुम्बिनी विश्वव्यापी सांस्कृतिक केन्द्र परिणत हुने र २०३० को अन्त्यसम्म अथवा २०५० भित्र पूर्वी कोरिडोरमा गुणस्तर आउने विज्ञहरुको दावी छ । यसका लागि अहिलेको अवस्थाको विश्लेषण र योजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक छ । सामाजिक, सांस्कृतिक र आर्थिक विकासका साथै सुशासन र व्यवस्थापनलाई केन्द्रविन्दुमा राखी योजनाहरु तय गरेमा पक्कै पनि असम्भव भने छैन । जे होस् यस्तो खालको छलफल र बहसले सरकारलाई सही मार्गदर्शन दिन टेवा पुग्ने देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com