Follow @khasokhasmag

बोक्सो भन्दै वृद्धलाई दुर्व्यवहार


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोप लगाई दुव्र्यवहार गरिएको छ । २ असोजमा उनलाई सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण खेतमा लगाएको धानमा कीरा लागेको भन्दै दुव्र्यवहार गरेको जोखनका छोरा पदमले बताए ।

‘बुबा (जोखन) खेतमा रहेको नालामा राँगालाई पानी खुवाउ“दै थिए, भीख्खु त्यहीँ पुगेर बुबालाई पटकपटक पानीमा चोब्न थाल्यो,’ उनले भने, ‘त्यसपछि चौराहमै ल्याएर बुबालाई नांगेझार पारियो ।’ एउटै समाजमा बस्नुपर्छ भनेर सुरुमा पीडित परिवार चुपचाप बस्यो ।

तर उनलाई जहा“ देख्यो त्यही बोक्सो भनेर मारिदिने धम्की दिन थालेपछि नजिकै रहेको कनरी प्रहरी चौकीमा गएर उजुरी दिएको छोरा पदमले बताए । अहिले भीख्खु प्रहरी नियन्त्रणमा छन् । तर, राजनीतिक दलको दबाबमा छुटाउने प्रयास भइरहेको बताउँदै उनले कानुनबमोजिम सजाय हुनुपर्ने माग गरेकाे छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com