Follow @khasokhasmag

दशैंमा पाँच दिन र तिहारमा तीन दिन बैंक बन्द हुने


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

यसपटकको दशैमा पाँच दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपातीदेखि कातिक ३ गते एकादशीसम्म बैंक बिदा हुनेछ  ।

सरकारले यसपटकको विदामा कटौती गरेकाले बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको विदा पाउने छैनन् । यसअघि यी दिनमा कर्मचारीले विदा पाउँदै आएका थिए ।

यता तिहारमा भने तीन दिन बैंक बन्द हुने भएको छ । कातिक २१ गते लक्ष्मी पुजा, २२ गते गोबद्र्धन पुजा र २३ गते भाइटिकाका दिन बैंक बन्द रहनेछ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com