भारतकी अम्माको निधनमा एक दिन राष्ट्रिय शोक


प्रकाशित मिति : मंसिर २१, २०७३ मंगलबार

आईरन लेडी जय ललिताको निधनमा भारत सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । तमिलनाडुकी सीएम जय ललिता भारतकी एक प्रभावशाली महिला राजनितिज्ञ हुन् ।

लामो समय अस्वस्थ्य भएपछि सोमाबार राती अस्पतामा उनको निधन भएको हो । उनको श्रदान्जलीमा राष्ट्रपती भवनमा रहेको झण्डा दिनभर झुकाईने घोषणा सरकारले गरेको छ । तमिलनाडुमा भने ७ दिन राजकिय शोक घोेषणा गरिएको छ । सन् १९४८ मा उनको जन्म भएको थियो । भारतिय राजनितिमा यिनलाई क्रान्तिकारी अम्मा भनेर चिनिन्छ । उनी ६ पटक सम्म मुख्यमन्त्री भएकी थिईन् ।

उनको निधनमा भारतका विभिन्न राज्यमा शोक सभा भईरहेका छन् । अम्माको निधनमा भावव्ह्विल भएकाहरु राजाजी हल अगाडी भेला भएका छन् । उनको पार्थिव शरिर राजाजी हलमा राखिएको छ । उनको आजै दाहसंस्कार गरिने छ ।

उनको निधन प्रति भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख व्यक्त गरेका छन्।
मोदीले जय ललिताले महिला, गरिव र उत्पीडनमा परेका समुदायका लागि देखाएको चासोका कारण उनी सधैँ प्रेरणाको श्रोत हुने बताए।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

जयललिताका सबैभन्दा नजिक मानिने पनीरसेल्वमलाई तमिलनाडुको नयाँ मुख्यमन्त्रीमा राति नै नियुक्त गरिएको छ।
जनतामाझ निकै चर्चित रहेकी जय ललिताले दक्षिण भारतीय चलचित्रहरुमा अभिनय पनि गरेकी थिइन्।

jay

उनका परिचितहरुले उनी वकिल बन्न चाहेको तर भाग्यले उनलाई पहिला अभिनयतिर र पछि राजनीतिमा धकेलेको बताउँन्।
तर यी दुवै क्षेत्रमा उनको यात्रा सहज थिएन। १ सय ४० वटा चलचित्रमा अभिनय गरेकी उनले ८ पटक विधानसभाको चुनावमा लडेकी थिइन्।

त्यस्तै एकपटक राज्यसभामा मनोनित भएकी उनी तमिलनाडुमा ४ पटक मुख्यमन्त्री बनिन्।

जय ललितालाई धेरैले श्रद्धा गर्ने भए पनि उनका आलोचकहरुले भने उनमा घमण्डीपना भएको बताउँथे।
सन् २०१४ मा जय ललितालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो तर पछि उनले सफाइ पाएपछि उनी मुख्यमन्त्रीकै रुपमा फर्किएकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com