यती एयरलाईन्सको जहाजभित्रै एक युवतीको मृत्यु,१३ दिनसम्म गुपचुप


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ ।

यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।

असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।

यती एयरको एटीआर ७२—५०० यात्रा गरिरहेकी पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमान चढेको १० मिनेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा र उनकी फुपु माया खडका र ७८ बर्षीया हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए ।आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com