प्रधानमन्त्री ओलीको टोली अमेरिका घुम्दा २२ करोड बढी सरकारी खर्च


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

संयुक्त राष्ट् संघमा सहभागि भएर नेपाल फर्कदा प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीले राष्ट्यि ढिकुटीबाट करिव २२ करोड ३५ लाख रुपैंया भन्दा बढी खर्च गरेको छ । २१ जनाको टोलीले आवात जावतको टिकट, प्रत्येक रातको बसाई खर्च र भ्रमण भत्ता वापत प्रधानमन्त्री ओलीको भ्रमण टोलीले राष्ट्यि ढिकुटीबाट १३ दिनमा २२ करोड ५० लाख रुपैंया भन्दा बढीखर्च गरेको छ ।

भ्रमण टोली जम्बो नभएपनि यो टोलीले जम्बो टोली बराबर खर्च गरेको छ । यो टोलीको सबै भन्दा बढी टिकटमा चलखेल भएको देखिन्छ । टोलीको टिकट खर्च मात्रै ६६ लाख रुपैंया भन्दा बढी खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको टिकटको मुल्य मात्रै १८ लाख नेपाली रुपैया परेको छ । स्तरिय अर्थात बिजनेश क्लाशमा शयर गरेका प्रधामन्त्रीको टिकट बजार भाऊ भन्दा ८ लाख रुपैंया बढ्ता मुल्यमा टिकट खरिद गरिएको छ ।

प्रधानमन्त्री ओलीकै छेऊमा बसेर अमेरिका आवत जावत गरेका सार्कका महासचिव अमजद हुसेनको टिकटको मुल्य नेपाली रुपैया अनुसार १० लाख मात्रै परेको छ । यहाँ प्रधानमन्त्रीको टिकटमा मात्रै ८ लाख रुपैंया चलखेल भएको आशंका गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कम्जोर भएका कारण उनको भिआइपी टिकट काटिएको बताइन्छ । तर यस अगाडी प्रधानमन्त्री शुशिल कोइराला प्रतिकुल स्वास्थ्य अवस्थाका वाबजुत पनि उनि इकोनोमि क्लाशमा यात्रा गरेका थिए । प्रधानमन्त्रीको भ्रमण टोलीको टिकक व्यवस्थापन गर्ने स्याङजाली जालोले धेरै नै चलखेल गरेको बुझिन्छ । यसरी हेर्दा प्रधामन्त्रीको टोली अमेरिका आउँदा इत्तिहाद एयर लाइन्स र जाँदा किन कतार एयर लाइन्सबाट टिकट काटियो भन्ने प्रश्न समेत खडा भएको छ ।

यसैगरी प्रधानमन्त्रीको टोलीमा रहेका अन्य १६ जनालाई प्रत्येकको टिकटको मुल्य २ लाख २५ हजारका दरले ३६ लाख रुपैंया खर्च भएको छ । यस्तै परराष्ट्मन्त्री प्रदिप ज्ञवाली र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको टिकटको मुल्य अन्य १६ जना भन्दा बढी ४ लाख नेपाली रुपैंया खर्च भएको छ ।

मन्त्री ज्ञवाली र सल्लाहकार रिमाल इकोनोमि क्लाशमै यात्रा गरेका हुन तर उनिहरुको टिकटको मुल्य चार लाख बढी परेको छ । यस्तै प्रधानमन्त्री पत्नीको टिकटका लागि आवत जावत गरेर नेपाली आठ लाख रुपैंया खर्च भएको छ । संयुक्त राष्ट्संघले प्रत्येक बर्ष ५ जनालाई मात्रै टिकट आवत जावतको व्यवस्थापन गर्ने गरेको छ ।

यसैगरी प्रधानमन्त्रीको टोलीले हरेक दिन ७ सय ५० अमेरिकी डलर अर्थात ८६ हजार दुई सय पचास रुपैंया भन्दा बढी प्रत्येक रातको खर्च पाउँछन् । यसरी हेर्दा हालको बजार भाऊ अनुसार १९ जनाले १६ लाख ४१ हजार भन्दा बढ्ता रकम खर्च गरेर अमेरिकामा रात बिताए ।

भने प्रधामन्त्री केपी शर्मा ओली भिआईपी रुममा बसेर चार हजार पाँच सय अमेरिकी डलर अर्थात पाँच लाख १७ हजार पाँच सय रुपैंया बराबरको खर्च गरेर अमेरिकामा एक रात बिताए । भ्रमणका शिलशिलामा प्रधानमन्त्री ओली सुतेको मात्रै अमेरिकी बजारमा ११ लाख बढी भन्दा बढ्ता रकम खर्च भयो । यसरी २१ जनाको टोलीलाई अमेरिकामा सुताए वापत मात्रै २१ करोड रुपैंया भन्दा बढी सरकारको ढिकुटीबाट खर्च भएको छ ।

यो त रह्यो टिकट र खानपिनको खर्च यसैगरी राज्यको ढिकुटीबाट टोलीमा रहेका २१ जनालाई प्रत्येक दिनको २२५ अमेरिकी डलर भत्ता स्वरुप १३ दिन सम्म प्राप्त हुन्छ । यसलाई हिसाव गर्दा पाँच ७० लाख ६३ हजार भन्दा बढी रकम भक्ता बुझेका छन् । यसरी संयुक्त राष्ट् संघमा नेपाली टोलीले प्रतिनिधित्व गर्दा सरकारी ढिकुटीबाट करिव २२ करोड ३५ लाख रुपैंया १३ दिनमा चैट् भएको छ । यसमा अन्य मललन्द र सवारी साधनको प्रयोगको खर्च भने बाहिर ल्याइएको छैन् । बीचमा प्रधानमन्त्रीको टोली कोष्टारिका भ्रमण गरेको खर्च छुट्टै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com