आइसीसी टी २० वर्ल्डकप एसियामा छनौट हुन नेपालले केहिबेरमा म्यानमारसँग खेल्दै


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

मलेसियामा आजबाट आइसीसी टी २० वल्र्डकप एसिया क्वालिफायर अन्तर्गत समूह बी का खेलहरु सुर हुँदैछन् । सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० वल्र्डकप एसिया क्वालिफायर अन्तर्गत समूह बी का खेलहरु आजबाट मलेसियामा सुरु हुन लागेको हो ।

छनोट प्रतियोगितामा आजै नेपालले म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल आज दिउँसो नेपाली समयअनुसार सवा १२ बजे मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा सुरु हुने बताइएको छ । नेपाल र म्यानमार यसअघि जम्म एक पटक मात्र भिडेका छन् ।

त्यसमा पनि नेपालले कीर्तिमानी जित हात पारेको थियो । सन् २००६ मा भएको खेलमै नेपालले म्यानमारलाई मात्र १२ दशमलव १ ओभर खेलेर १० विकेटले पराजित गर्न सफल भएको थियो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १२ दशमलव १ ओभरमा ११ रनमै अलआउट गराएको थियो । मेहबुब आलमलले ७ र विनोद दासले ३ विकेट लिएका थिए ।

राउण्ड रोविन लिगपछि यस समूहको शीर्ष तीन स्थानमा रहने टोली एसिया क्वालिफायरकै दोस्रो चरणमा छानिनेछन् ।  एसियाका कूल ६ राष्ट्रबीच प्रतिस्पर्धा हुने बताइएको छ । एसिया क्वालिफायरको पहिलो चरणको छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल, आयोजक मलेसिया, सिंगापुर चीन थाइल्याण्ड भुटान र म्यानमार छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com