Follow @khasokhasmag

आसपासमा नेपाली व्यवसायहरु रहेको न्युयोर्कको ज्याक्सनहाइटमा आगलागी (भिडियो सहित)


प्रकाशित मिति : श्रावण १६, २०७३ आईतबार

आसपासमा नेपाली व्यवसायहरु रहेको न्युयोर्कको ज्याक्सनहाइटमा रहेको एउटा भवनमा आगलागी भएको छ । ७४ स्ट्रीटमा सब वे नजिकै रहेको रेष्टुरेन्टको बेसमेन्टबाट आगलागी सुरु भएको जनाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि भवनमा भने क्षति पुगेको छ । करिब साढे ५ बजेतिर सुरु भएको आगलागी अग्नी नियन्त्रकहरुले नियन्त्रणमा लिइसकेका छन् । आगलागीको कारण खुलेको छैन । आगलागीबाट नेपालीका कुनै व्यवसायमा क्षति पुगेको पनि रिपोर्ट छैन । आगलागी भएको भवनमा रेष्टुरेण्ट संचालनमा छ भने छेउमा एबीसी वायरलेस र अगाडिपट्टी दिल्ली हाइट्स रेष्टुरेण्ट रहेको छ ।

 

 

आगलागी स्थलमा पुगेका खसोखास प्रतिनिधि ओम गुरुङले खिचेको भिडियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com