मकवानपुरको तत्कालीन भार्ता गाउँ विकास समिति वडा नम्बर ७, हालः कैलाश–८ दुब्लुङका धनबहादुर मुक्तान (मामा) फेला परेका छन् । हवराका लालबहादुरका माइला छोरा धनबहादुर १३ वर्षमै २०३२ सालमा घर छाडेर हिँडेका थिए भने बेखबर थिए ।
झण्डै ४३ वर्षदेखि बेखबर मुक्तान भारतको इलाहावादस्थित साम हिगिनबटम युनिभर्सिटी (एग्रिकल्चर इन्ष्टिच्युट) मा मुख्य भान्सेको रूपमा कार्यरत रहेको भेटिएको हो ।
उनी परिवारसँग सम्पर्कमा आउन चाहेको र घर फर्कन चाहेको खबर फेसबुकमा पोष्ट भएपछि कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले परिवारसँग सम्पर्क गराएका हुन् । फेसबुकले हराएको ४३ वर्षपछि मुक्तानलाई परिवारसँग जोडाइदिएको हो । उनी घर फर्कँदैछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।