५ बर्षीया बालिका बलात्कार गरी भागेका सरकारी कर्मचारी कमल बजगाई कोटेश्वरबाट पक्राउ


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

दोलखाको तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले विहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिएको अाजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भईसकेको छ । तर, फरार रहेका बजगाईले विभिन्न ब्यक्ति प्रयोग गरी बलात्कारको मुद्धा फिर्ता गराउन र पैसा दिएर मिलाउन पीडित परिवारलाई ठुलो दबाब दिँदै आएका थिए । त्यस्तै, खानेपानी कार्यालयमा करारका कर्मचारी बजगाई पहुँचको धाक लगाई करार अवधि सकिए पनि जबर्जजस्त हाजिर गर्दै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com