संशोधनविरुद्ध एमालेले देशव्यापी आन्दोलन चर्काउने


प्रकाशित मिति : मंसिर २०, २०७३ सोमबार

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारद्वारा संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावका विरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । आज सम्पन्न स्थायी समितिको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले वक्तव्यमार्फत जनाएका छन् ।

अहिलेसम्म लुम्बिनी क्षेत्रमा मात्र सीमित आन्दोलन अब देशव्यापी हुने एमालेले जनाएको छ । बैठकले उक्त प्रस्तावलाई राष्ट्रविरोधी ठहर गर्दै त्यसका विरुद्धमा आन्दोलनमा उत्रिन जनसमुदायलाई आह्वान पनि गरेको छ ।

यसैगरी, बैठकले नेपालको आन्तरिक मामिला सल्ट्याउन नेपाल आफैँ सक्षम रहेको भन्दै यसमा हात नहाल्न छिमेकीलाई चेतावनी दिएको छ । हिजो मात्रै भारतले वक्तव्य निकालेर संविधान संशोधन प्रस्ताव दर्ता हुनुलाई महत्वपूर्ण उपलब्धि भन्दै पारित गर्न सुझाव दिएको थियो ।

cy6msp-veau7cys

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com