संशोधनले मात्र समस्याको समाधान गर्छ: भारत 


प्रकाशित मिति : मंसिर १९, २०७३ आईतबार

नेपालको संविधान संशोधन प्रक्रियाप्रति समर्थन जनाउँदै भारतले संशोधनले समस्याको समाधान गर्ने बताएको छ । आइतवार नेपालस्थित भारतीय दूतावासले एक विज्ञप्ति प्रकाशित गरी संविधान संशोधनलाई महत्वपूर्ण कदम भनेको हो ।

नेपालको संविधान संशोधनका विषयमा आधिकारिक प्रवक्ताको भनाई शीर्षकमा जारी गरिएको विज्ञप्तिमा ‘यही प्रयासको अंगका रूपमा नेपालको संसदमा संविधान संशोधन विधेयक मंसिर १४ गते दर्ता गरिनु महत्वपूर्ण कदम हो ।’  भनिएको छ ।

दूतावासले सबै पक्षहरू नजिकै रहेर काम गर्नेछन् र अहिलेका प्रयासहरू सफलतापूर्वक टुंगिनेछन् भन्नेमा भारत आशावादी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेपालको नजिकैको र मित्रवत् सम्बन्ध रहेको छिमेकी मुलुकका रूपमा भारतले नेपालको शान्ति, स्थायित्व र तीव्र आर्थिक विकासका लागि चाहिने सबैखाले सहयोग दिइरहनेछ । नेपाली जनता र नेपाल सरकारको प्राथमिकतालाई भारतले महत्व दिइरहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

दूतावासले नेपालको शान्ति, स्थायित्व र प्रगति नेपाल र भारत दुवैको हितमा छ भन्ने भारतको पुरानै अडान भएको जनाएको छ ।

indian-embassay

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com