बिरामीका आफन्त भन्छन्– यो देश धनी र पैसा हुनेको मात्रै रहेछ


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

राजधानीमा रहेको कान्ति बाल अस्पतालमा उपचारका लागि बेड पाउन सर्बसाधारणले निकै सास्ती खेप्नुपरेको पाइएको छ । आफ्ना बालबालिकाको उपचारका लागि त्यहाँ पुग्नेको अक्सर एउटै गुनासो हुने गरेको छ, ‘भनसुन नगरी यहाँ केही पनि हुँदो रहेनछ ।’

हालै रामेछापकी विमला न्यौपानेकी २ महिनाकी छोरी नेहालाई दिशा पिसाब नहुने समस्या देखापर्यो । उनी शुरुमा रामेछापकै मन्थली सामुदायिक अस्पतालमा छोरीलाई लिएर गइन् । चार दिन त्यहाँ राखेर उपचार गर्दा समेत निको नभएपछि मन्थली सामुदायिक अस्पतालले गएको मंगलबार दिउँसो ३ बजे नेहाको उपचारका लागि राजधानीको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो । बिमलाका दम्पति छोरी लिएर सोही दिन राति ११ बजे कान्ति अस्पताल आए । तर, कान्ति अस्पतालमा अहिले बेड नभएको र इमर्जेन्सीमा चिकित्सक पनि नभएकोले भोलि आउन भनियो ।

“राति बेड छैन भनेर उपचार गर्न मानेनन् । राति अप्ठेरो पर्‍यो । पछि अस्पतालको बाहिरी भागमा म्याट ओछ्याएर रात कटायौं,” बाह्रखरीसँगको कुराकानीमा बिमलाले भनिन् ।

मंगलबारको रात जेनतेन कटाएपछि बुधबार बिहानै बिमलाका पति लाईनमा बसे । तर लाइनमा बसेको लगभग २ घण्टापछि मात्र पालो आयो र छोरीको चेकजाँच भयो । बिमलाका अनुसार चेकजाँचका क्रममा छातिको एक्सरे गरिनुकासाथै पाचन प्रणालीमा समस्या छ इन्डोस्कोपी गर्नुपर्छ भनेर चिकित्सकले सुझाए । तर, इन्डोस्कोपी गर्ने चिकित्सक आएका थिएनन् । एक जना नर्सले बिमलालाई भनिन्, “अहिले जानुहोस, १ घण्टा पछि आउनुस् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब एक घण्टापछि मात्र छोरीको पेटको इन्डोस्कोपी भयो । विमलाले दुखेसो पोख्दै भनिन्, “कोही चिनेको मान्छे भए वा आर्थिक अवस्था राम्रो भएको भए यसरी उपचारका लागि घण्टौं कुर्नुपर्ने थिएन होला ।”

रौतहटका राजेश पासवानका तीन वर्षका नाति नितेश पासवानलाई स्वास लिन गाह्रो हुने, एकोहोरो रुने, खान मन नगर्ने, ज्वरो आउने जस्ता लक्षण देखिए । राजेशले एम्बुलेन्समा राखेर नाति नितेशलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल पु¥याए । नारायणी उपक्षेत्रीय अस्पतालमा चेकजाँच गर्दा नितेशलाई निओनाटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु)मा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताए । उनलाई चिकित्सकले भनेअनुसार नै एनआईसियुमा राखेर उपचार गरियो । एनआइसियुमा ५ दिन राखेपछि रितेशको स्वास्थ्य ठिक हुँदै आयो ।

नितेश उपचार गरेको छैटौ दिनमा नारायणी उपक्षेत्रीय अस्पतालबाट डिस्चार्ज भए । डिस्चार्ज भएको लगभग १५ दिनपछि रितेशलाई फेरि ज्वरो आयो । उनलाई नारायणी उपक्षेत्रीय अस्पताल लगियो । तर, अस्पतालले अहिले एनआईसियु खाली छैन भन्दै काठमाडौंको कान्ति बालअस्पतालमा रिफर गरिदियो । हरिलाल नाति नितेशलाई लिएर कान्ति बाल अस्पताल आइपुगे । अस्पतालमा घण्टौं लाइन बसेपछि मात्र नितेशको पालो आयो ।

नितेशको उपचार अस्पतालमा भर्ना गरेर मात्रै हुने अवस्था भएपनि अस्पतालका एक चिकित्सकले बेड खालि नभएकोले निजी अस्पतालमा लगेर उपचार गर्न सुझाए । राजेश भन्छन्, “नातिलाई कहाँ लिएर जाऔं ? निजीमा उपचार गर्न पैसा छैन । सरकारीमा बेड पाइँदैन ।”

राजेश नातिलाई उपचारका लागि कान्ति बाल अस्पताल आएको एक साता भयो । अस्पतालले नातिको भर्ना नलिएपनि राजेशले निजीमा लैजान सकेनन् । उनी त्यही अस्पतालकै पेटीमा बसेर भएपनि औषधी उपचार गरेर नातिलाई ठीक बनाएर मात्र घर जाने बताउँछन् ।

नितेशको कहिले अल्ट्रासाउन्ड कहिले फिजियोथेरापी लगायतका विभिन्न चेक जाँच गनुपर्छ । अस्पतालमा अहिलेसम्म लगभग ५० हजारजति खर्च भइसकेको उनी बताउँछन् । उनको भनाइ छ, “यो देश धनी र पैसा हुनेको मात्रै रहेछ हामी जस्तो गरीबको होईन् रहेछ । पैसा भएको भए नातिलाई निजी अस्पताल लगेर उपचार गराइन्थ्यो । अहिले सम्म सायद ठीक भइसक्थ्यो ।”

उता अस्पतालका निर्देशक डा.गणेश राई भन्छन्, “एनआईसीयूमा राख्नुपर्ने ९ देखि १० जना बिरामी आउँछन् सबैलाई यहाँँ राखेर उपचार गर्न नसक्दा रिफर गनुपर्ने बाध्यता छ ।”

उनले भने, “देशैभरका अस्पतालहरुले कान्तिमै रिफर गर्दा बेड अभाव भएर लामो लाइनमा बस्नु परेको हो ।”

अस्पतालमा उपचारका लागि बालबालिका लिएर आउने अभिभावक बेड नपाउँदा हैरान हुने गरेको उनी स्वीकार्छन् । अस्पताल प्रशासनका अनुसार जम्मा ५२ बेड कान्ति अस्पतालमा भएपनि अहिले ३४ बेड मात्र सञ्चालनमा छन् । त्यसमा पनि नवजात शिशुका लागि १६ वटा बेड छुट्याइएको छ । एक महिनाभन्दा माथिका शिशुका लागि १२ वटा र शल्यक्रिया गर्नुपर्ने बालबालिकाको लागि ६ वटा बेड छ्ट्याइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com