Follow @khasokhasmag

पुर्वडिएसपीले फेसबुकमा पठाएको म्यासेज लिएर प्रहरीकहाँ पुगीन् बुहारी


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् ।

आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफुलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो ।

नेपाल प्रहरीका पुर्वडिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएका आपत्तिजनक शब्दको स्क्रिन्सट प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन् ।  तर, महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीले पीडित समुनालाई धम्क्याएर पठाएका हुन् ।

समुना पुर्वडिएसपी खड्काका आफ्नै भाई दिलीपकुमार खड्काकी श्रीमती हुन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com