अमेरिकामा कागजपत्रविहिनलाई स्पोन्सर गर्न खोज्ने ४० भन्दा बढी पक्राउ


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन बालबालिकाहरुलाई स्पोन्सर गर्न खोज्ने ४० जना भन्दा धेरैलाई पक्राउ गरेको छ । अमेरिकामा प्रवेश गरेर संघीय हिराशतमा राखिएका कागजपत्रविहिन बालबालिकाहरुलाई उनीहरुका बाबुआमा, आफन्त र साथीहरुले स्पोन्सर गर्न पाउने प्रावधान रहेको छ ।

तर बालबालिकाहरुलाई स्पोन्सरका लागि दिएको सुचना प्रयोग गरेको आइसले स्पोन्सर गर्नेहरु कागजपत्रविहिन भए नभएको पत्ता लगाउन थालेको छ । यदि स्पोन्सर गर्नेको कागजपत्र नभएको खण्डमा उनीहरुलाई नै पक्राउ गरेर देशनिकालाको प्रकृयामा लैजान थालिएको छ ।

आइसका कार्यकारी डेपुटी डाइरेक्टर म्याथ्यु एल्बान्सले सिनेटको सुनुवाईमा यो कुराको पुष्टी गरेका हुन् । उनले ४१ जना स्पोन्सरहरुलाई पक्राउ गरिएको र उनीहरु कागजपत्रविहिन रहेको बताएका छन् । त्यसमध्ये कतिपय अपराध गरेकाहरु समेत रहेको उनको दावी छ ।

आइसको यो कदमले संघीय हिराशतमा राखिएका बालबालिकाका आमाबाबुको अमेरिकामा कागजपत्र नभएको खण्डमा उनीहरुलाई देशनिकाला हुनसक्ने त्रास बढाएको छ । जसका कारण आफ्ना छोराछोरीहरु स्पोन्सर गर्नमा समेत समस्या पैदा हुने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागजपत्रविहिनले समेत आफ्ना बालबालिकाहरु स्पोन्सर गर्न पाउने प्रावधान रहेकोमा कतिपय रिपब्लिकन नेताहरुमा यसमा परिवर्तनको माग गरेका छन् । कागजपत्र हुनेहरुलेमात्र आफ्ना बालबालिकाको स्पोन्सर गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com