८ जनाको ज्यान गएको बेगनास ताल डुङ्गा दुर्घटनामा पौडिएर बाँचेकी निशाले रुदै खोलिन रहस्य


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

गत भदौं २३ गते पोखराको बेगनास तालमा तीजको दर खान गएका आफन्तहरु चढेको डुङ्गा दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो भने २ जना भाग्यले बाँचेका थिए । सानो डुङ्गामा १० जना कोचिएर चढेका थिए भने चामको बोरा पनि उक्त डुङ्गामा रहको रहस्य पत्ता लाग्यो । धेरै मानिस जान हुँदैन भन्दा भन्दै डुङ्गा धनीले बलजबस्ती पठाएको बाच्ने मध्येकी एक निशा पौडेलले बताईन् । घटना पछि पहिलो पटक मिडियामा आएकी निसाले उक्त घटनामा उनले आफ्नो ५ बर्षको छोरा पनि गुमाएकी छन् ।

भाबुक हुँदै निसाले भनिन्–छोरालाई बचाउँछु भन्दा भन्दै सकिन्, मानिसहरु डुङ्गाबाट छहरिएर पानीमा खसे’ । नाताले ठूलाबुबा पर्नेले उनलाई गाली गर्दै छिटो चढेर जान आग्रह गरको थिए ।

उनका अनुसार राबि खनालले उक्त डुङ्गा चलाए जो पहिलो पटक चलाउँदै थिए । बिचमा पुगेपछि रबिले मरे मरिन्छ सबै परिवार एकै पटक भन्ने शब्द प्रयोग गरेको निसा सम्झन्छिन् । चलाउन नजान्ने चालक हुनाले डुङ्गा एकतिर कोल्टीयो र पानी छिर्न थाल्यो । पानी पाल्ने टोकरी समेत थिएन । मानिस धेरै भएकाले ठाउँ पनि थिएन्–उनले भनिन् । पानी फाल्ने प्रयत्न गर्दा–गर्दै डुङ्गा पानी मुनी छिरेको उनले बताईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com