सुनुवाईसम्म एसाइलम आवेदकलाई जेलमा राख्ने तयारी


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ता जेफ सेसनले अब एसाइलमका आवेदकलाई अदालती सुनुवाईसम्म जेलमा नै राख्ने नियमको तयारी गरिरहेको सीएनएनले जनाएको छ । जेफ सेसनले मंगलबार राती चालेका दुई कदममध्ये एउटा कदमले त्यसको संकेत गरेको हो ।

महान्यायाधिवक्ताले यसबारेमा अझै निर्णय भने गरिसकेका छैनन् । उनले अक्टोबर १६ सम्म रुची भएका आमसदस्यहरुलाई यसबारे आफ्नो तर्क पेश गर्न आब्हान समेत गरेका छन् । अक्टोबर १६ पछि सेसनले यसबारे निर्णण लिनसक्ने जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनका सन्दर्भमा सेसनप्रति सन्तुष्ट नभएको प्रतिकृया दिएपछि मंगलबार राती सेसनले अध्यागमन अदालतहरुलाई अझ कडा बनाउने दिशामा दुई कदम चालेका हुन् । जसमध्ये अर्को कदम अध्यागमन न्यायाधिसहरुको तजविजी अधिकारमा कटौती हो ।

सेसनले हेरेका केही मुद्दाहरुमा उनले मुद्दाहरु खारेज गर्नमा अध्यागमन न्यायाधिसहरुलाई तजविजी अधिकार प्रदान गर्न नसकिने निर्देशन दिएका छन् । मुद्दाहरु प्रशासनिक रुपमा बन्द गर्न नपाउने गरी यस अगाडि नै सेसनले अध्यागमन न्यायाधिसका अधिकार कटौती गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com