‘छक्का पञ्जा ३’ को पहिलो पोस्टर सार्वजनिक


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, बुद्धि तामाङलाई फिचर गरिएको छ ।

पोस्टर सार्वजनिक गरेसँगै चलचित्र टीमले ट्रेलर सार्वजनिक मिति समेत सार्वजनिक गरेको छ । चलचित्रकी निर्देशक दीपाश्री निरौलाका अनुसार ट्र्रेलर आगामी शनिवार विहान ८ बजे सार्वजनिक हुनेछ । सार्वजनिक पोस्टरलाई टौवा क्रियशनले डिजाईन गरेको हो ।

कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत छ । पुरुषोत्तम प्रधानको छायाकंन रहने चलचित्रका गीतसंगीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत छ ।

आमा सरस्वती मुभिज प्राली तथा आई एम ईको प्रस्तुती रहेको चलचित्र ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् । चलचित्रलाई सुमन गिरी भान्जा, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेको हुन् ।

दशैँको अवसर पारेर प्रदर्शनमा आउने यस चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोईराला, बसन्त भट्ट लगायतका कलाकारको अभियन रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com