मलेसियामा ६ जना नेपालीले ज्यान गुमाएको विषाक्त मदिरा काण्डमा : ७ जना पक्राउ (भिडियो सहित)


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुगेको छ । विषक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले प्रहरी मुख्यालसँग सम्पर्क राखी घटनाका बारेमा जानकारी लिएको थियो । मलेसियाको शालोनगरमा ६ जना नेपालीले ज्यान गुमाएको विषाक्त मदिरा काण्डमा त्यहाँको प्ररहीले ७ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा त्यहाँको पसलमा काम गर्ने मजदुर रहेको मलेसियाली प्रहरीले जानकारी दिएको छ ।

मलेसियाको अनलाई द स्टारका अनुसार घटनामा बुधबारसम्म १९ जनाको मृत्यु भएको छ भने अन्य २४ जना विरामी छन् ।मृतक मध्ये ६ जना नेपाली रहेको मलेसियास्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ । त्यस्तै विरामी मध्ये १६ जना नेपाली रहेका छन् ।मलेसिया प्रहरीले विरामी मध्ये धेरैको अवस्था नाजुक रहेको जनाएको छ ।दूतावासले दुःखद् घटनामा परी ज्यान गुमाउने नेपालीका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै गम्भीर बिरामी भई उपचाररत सबै नेपालीको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ ।बुधबार बेलुकासम्म दूतावासको कुनै नयाँ जानकारी प्राप्त भएको छैन । मलेसियाली प्रहरीले सो घटनामा पक्राउ परेका व्यक्ति सहित घटनाबारे पत्रकार सम्मलेन गरी जानकारी दिएको छ । हेरौ भिडयो ।

http://nepalisurya.com/archives/11125?jwsource=cl

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com