माधव नेपाल पक्षले सक्ला त सरकार ढाल्न ?


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल (माकुने) यतिबेला आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्ट छन् ।

कुनै समय तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बदला लिन माओवादी केन्द्रसंग मिलेरै सेखी झार्छु भनेर हिंडेका माकुनेले पार्टी एकता भएपछि आफ्नो अड्कल फेल खाएपछि चिन्तामा परेका छन् ।

अहिले माकुने खेमा पुरै पार्टी नेतृत्व र आफ्नै पार्टीको सरकारप्रति असन्तुष्टि जनाइरहेका छन् । चाहे त्यो हत्या, हिंसा र बलात्कारको काण्डले होस् वा पार्टीले आफ्नो खेमाका नेताहरुलाई उचित स्थान नदिएर होस् ।

बहाना उचित सम्मान नपाएको भए पनि अहिले देखाउनका लागि भने सरकारको कामकारबाही ठीक नभएको बताइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो कार्यकालमा सिन्कोसमेत नभाँचेर आलोचित बनेका पूर्वप्रधानमन्त्री माकुनेले यसपटक ओली नेतृत्वको सरकारले केही पनि कामै नगरेको भन्दै आक्रोशित देखिएका छन् ।

धुम्बाराही स्रोतका अनुसार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कुनै पनि विषयमा माकुनेसंग सरसल्लाह नगरेपछि माकुनेको आक्रोश बढेको हो ।

त्यसैगरी बालुवाटार स्रोतका अनुसार माकुने खेमाका नेताहरुलाई बालुवाटार प्रवेशमा प्राथमिकता छैन । एक स्रोत भन्छ, ‘पार्टीका को को भनेर तोक्न त मलाई अप्ठेरो हुन्छ तर एउटा सानो सर्कल मात्र बालुवाटार आउजाउ गर्छ ।’

अपमानित महसुस गर्दै आएका माकुनेले अब खुलेआम नै सरकारको विरोध गर्ने मनस्थिति बनाइरहेका छन् । उनी सडकदेखि संसदसम्म त्यसै अनुसार अगाडि बढ्ने बताउँदै हिँड्न थालेका छन् ।

उनी निकटका नेताहरुले सामाजिक संजालहरुमा सरकारी कामकाजको विरोध गर्न थालिसकेका छन् ।

एक माकुने निकटका नेताले भने, ‘प्रमुख प्रतिपक्षी काँँग्रेस सुतेको छ, अब उसको भूमिका हामी खेल्छौं । काँग्रेसले उठाउनु पर्ने मुद्दाहरु हामीले उठाएर यो सरकारलाई नैतिकवान बनाउने प्रयास गर्छौं ।’

उनका अनुसार ओली अहिलेसम्मकै सबैभन्दा बढी कामका प्रतिवद्धता गरेर कम फत्ते गर्ने प्रधानमन्त्रीमा पर्छन् ।

उनी भन्छन्, ‘ओली कामरेडका काम गर्न दिएको निर्देशन र काम गर्ने लिष्टले नेपाल अबको चार वर्षमै विकसित राष्ट्र बन्नेछ । तर के गर्ने जोरपार्टीमा पानीजहाज चलाउन अल्लि मिलेन ।’

उनको यो व्यङ्ग्य ओलीप्रवृत्ति विरुद्ध नै हो । ओलीले देखाएका सपना पूरा हुनु त परै जावस् दैनिकीका कामहरु मै समस्या देखिएको छ ।

माधव नेपाल पक्षका एक प्रतिनिधिसभा सांसदले हाम्राकुरालाई भने, ‘आफ्नै पार्टीको सरकारलाई गाली गरेर अर्थ छैन, तर सच्चिनु जरुरी छ, हामीलाई समेत खुलेआम हिंड्न गा¥हो भइसकेको छ ।’

अहिलेसको सरकार ‘कर’ देखि ‘यातायात सिन्डिकेट, सुनकाण्ड, हत्या, बलात्कार जस्ता धेरै घटनामा अनावश्यक फसिरहेको छ ।

ओलीले आफ्ना कार्यकर्तालाई विपक्षी विरुद्ध अरिंगाल खनिएझैं खनिनु भनिरहेका बेलामा जब आफ्नै पार्टीका नेताहरु पनि विपक्षीजस्तै बने भने के जस्तो गरी खनिन भन्ने होलान् ?

नेपाल पक्षका एक नेताले भने, ‘हामी त लोकतन्त्रमा विश्वास गर्छौं चित्त नबुझे खुलेखाम भन्ने हो । यो सरकारले राम्रा काम गरेको छैन भने सल्लाह दिने हो । हामी अरिंगाल हैनौं । प्रतिपक्षीलाई पनि साथमा लिएर विकासको काममा हिंडौं भन्ने हो ।’

नेता नेपालले पार्टीभित्र अरिंगालको गोलोमा आगो लगाउने प्रयास गरेर आफू भने प्यान अफ्रिका कन्फरेन्समा भाग लिन बुधबार घानातिर उडेका छन् ।

जे होस् पुरै गाउँमा आगो लगाउन एउटा काँटी सलाईं काफी छ भनेजस्तो सरकार गिराउन एउटा खेमा नलागोस ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com