‘संस्थाको एक पेन्नी पनि अपचलन गरेको पुष्टी भए सार्वजनिक रुपमा सजायँ भोग्न तयार छु’


प्रकाशित मिति : श्रावण १७, २०७३ सोमबार

– आनन्द विष्ट

अमेरिकाको नेपाली समाजको एक सशक्त र अमेरिकी भूमिमा बसेर मातृभूमि नेपालको लोकतन्त्र,मानव अधिकार,शान्ति र भाईचाराका पक्षमा अमेरिकी नागरिक,अमेरिकी सरकार, संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र नेपालको हितका पक्षमा निरन्तर लविङ गर्ने उद्देश्यले क्रियाशील यस नेपाली जनसम्पर्क समितिका आन्तरिक विषयका बारे प्रष्ट पार्न आज हामी तपाईंहरुका माझ उपस्थित भएका हौं ।

पत्रकारिता जगतले आम नागरिकको सुसूचित हुने अधिकारको निष्पक्ष भएर सुनिश्चितता प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ । तपाईंहरुले अमेरिकी भूमिमा नेपाली भाषाको सञ्चार माध्यम सञ्चालन गरेर समुदायका गतिविधिहरुलाई जसरी निरन्तर प्रकाशन,प्रसारण गरिरहनु भएको छ,यसले नेपाल र नेपाली समुदायलाई अझ फराकिलो र क्रियाशील बनाउन महत्वपूर्ण योगदान पुर्याईरहेको छ ।

नेपाली काँग्रेसका संस्थापक,विश्व समाजवादी आन्दोलनका चिन्तक जसलाई हामी महामानवको रुपमा सम्मान गर्छौं,उनै दूरदर्शी नेता विश्वेश्वरप्रसाद कोइरालाको सोच र परिकल्पना हो नेपाली जनसम्पर्क समिति । महामानव कोइरालाले प्रवासमा रहेका लोकतन्त्र पक्षधर नेपाली काँग्रेसका शुभेच्छुकहरुलाई संगठित गरी नेपालको लोकतन्त्रको पक्षमा प्रवासबाट सहयोग जुटाउन भारत प्रवासमा रहेका नेपालीहरुलाई समेटेर यो समितिको स्थापना गर्नुभएको इतिहास हाम्रा सामु छ । आज विश्वभर नेपाली जनसम्पर्क समितिको सञ्जाल फैलिएको छ । अमेरिकामा पनि नेपालीहरु पुगेको प्रायः सबै प्रमुख शहर र राज्यमा समितिको संगठन विस्तार भएको छ र यो क्रम जारी छ । यसरी विस्तारित हुँदै गरेको संगठनको नेतृत्व तहमा रहेर जिम्मेवारी बहन गर्न पाउनु मेरो लागि एक अवसर हो भन्ने लागेको छ । समान विचार,उद्देश्य र भावना मिलेपछि संगठन बन्छ । तसर्थ हामी समितिमा रहेका सबैखाले सदस्यहरुको भावना एकै हो । यद्यपि व्यक्ति अनुसार शैली,स्वभाव फरक हुनु अस्वभाविक हुन्न ।

तर दुर्भाग्य त्यति बेला हुन्छ जब एकै नेतृत्वमा रहेर स्वयंसेवा गरिरहेका साथीहरुकाबीच नै आपसी खिचातानी बढ्छ । दुःखका साथ भन्नुपर्छ अहिले हाम्रो समितिको केन्द्रीय नेतृत्वमा आन्तरिक खिचातानी छ । जसका कारण सन्२०१४ को नोभेम्वरमा टेक्सासको डाल्लासबाट निर्वाचित भएर आएको नेतृत्वका विरुद्ध केन्द्रीय समितिका कतिपय जिम्मेवार पदाधिकारीहरु गुटबन्दीमा हुनुहुन्छ । गुटबन्दी हाम्रो लागि सबैभन्दा ठूलो रोग भएको छ । हामी एक अर्कालाई निर्लज्ज भएर गालीगलौज गर्ने तहमा उत्रन्छौं । मलाई यसो भनिरहँदा आत्मग्लानीको अनुभूति भईरहेको छ ।

मेरो अनवरत प्रयास र सदाशयतालाई समितिभित्रका केही साथीहरुले मेरो कमजोरीको रुपमा लिनुभयो र आफैं बसेको घरमा आगो झोस्नुभयो । घर जलेर खरानी भएपछि कहाँ गएर बस्ने भन्ने बारे यस्ता कतिपय साथीहरुले कहिल्यै सोच्नुभएन । अन्यथा आज समितिको आन्तरिक विषय अमेरिकी नेपाली समाजको यति धेरै आलोचनाको विषय बन्ने थिएन ।

सबैलाई समेटेर विगतका तिक्तताहरुलाई भुलेर साथसाथ अघि बढौं भन्ने मेरो अनवरत प्रयास र सदाशयतालाई समितिभित्रका केही साथीहरुले मेरो कमजोरीको रुपमा लिनुभयो र आफैं बसेको घरमा आगो झोस्नुभयो । घर जलेर खरानी भएपछि कहाँ गएर बस्ने भन्ने बारे यस्ता कतिपय साथीहरुले कहिल्यै सोच्नुभएन । अन्यथा आज समितिको आन्तरिक विषय अमेरिकी नेपाली समाजको यति धेरै आलोचनाको विषय बन्ने थिएन । म नेतृत्वकर्ताको हैसियतले यी सबै हर्कतको,जिम्मेवार पदाधिकारीहरुले समितिको रकम अपचलन गरी संस्थालाई बदनाम गरी मलाई समेत मुछेर अनर्गल रुपमा गरेको प्रचारको घोर निन्दा र भत्र्सना गर्दछु ।

साथै मैले व्यक्तिगत रुपमा संस्थाको हितभन्दा बाहिर गएर कुनै काम नगरेको तपाईं सञ्चारकर्मी मित्रहरुमार्फत्पुनः प्रष्ट पार्दछु । भुकम्प पीडितको लागि संकलित राहत रकम मध्ये केही रकम म स्वयंको नेतृत्वमा उपसभापति धर्मराज श्रेष्ठ र केन्द्रीय सदस्य हरिबोल भण्डारीको नेतृत्वमा गएको राहत टोलीले नेपालमा खर्च गरेको हो । हामी तीनै जना आ आफ्नै खर्चमा नेपाल गई राहत वितरणमा सहभागी भएको र हामीले राहत वितरणको लागि संकलित रकम अन्यत्र खर्च नगरेको समेत प्रष्ट पार्दछु । मेरो नेतृत्वमा यहाँबाट लिएर गएको रकमको सम्पूर्ण फाँटवारी विवरण तत्काल केन्द्रीय समितिमा पेश गरी केन्द्रीय समितिको १४ जुन २०१५को बैठकले अनुमोदन गरिसकेको र सबै खर्चको विवरण छानबीन समितिलाई समेत उपलब्ध गराईसकेको छु ।

मैले अनुचित तवरलेसंस्थाको एक पेन्नी पनि अपचलन गरेको पुष्टी हुन आएमा म सार्वजनिक रुपमा सजायँ भोग्न तयार छु । तर हाल संस्थाको रकम अपचलन गर्ने व्यक्तिहरुबाट नै यो संस्था र मेरो बारेमा भ्रमपूर्ण समाचारहरु प्रकाशित गराउने र संस्थालाई बदनाम गराउने गरेको देखिन आएकोले संस्थाको विधान र नियम अनुसारको कारवाहीको अलावा काँग्रेस केन्द्रीय कार्यालयले समेत यिनीहरुलाई कडाभन्दा कडा कारवाही गराउनेछ भन्ने विश्वास दिलाउँछु ।

समितिको नाममा बैंक खाता खोल्दा विधान अनुसार सभापति र महासचिव मध्ये एक र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर रहने गरी तीन जनाको संयुक्त नाममा खाता खोलिएको हो । कोषाध्यक्षको अनिवार्य हस्ताक्षर विना कुनै पनि बैकिङ कारोवार हुन सक्दैन । मैले आजसम्म समितिको बैंक कार्ड र कुनै चेकबुक समेत लिएको छैन । तसर्थ बैंकबाट मैले रकम निकाल्ने कुनै आधार छैन र त्यस्तो प्रयास समेत मैले गरेको छैन । तर दुर्भाग्य । अध्यक्षले रकम हिनामिना गर्न लाग्यो भन्ने दुराशयपूर्ण आरोप ममाथि लागेको छ । मैले संस्थाको रकम हिनामिना गर्ने भन्ने गलत आरोप लगाई १५ महिनादेखि पटपकटक गरी संस्थाको खाताबाट पैसा निकाली अपचलन गर्ने व्यक्तिहरुले नै मेरो मानमर्दन गरी बदनाम गर्ने काम भएको छ ।

मैले अनुचित तवरलेसंस्थाको एक पेन्नी पनि अपचलन गरेको पुष्टी हुन आएमा म सार्वजनिक रुपमा सजायँ भोग्न तयार छु । तर हाल संस्थाको रकम अपचलन गर्ने व्यक्तिहरुबाट नै यो संस्था र मेरो बारेमा भ्रमपूर्ण समाचारहरु प्रकाशित गराउने र संस्थालाई बदनाम गराउने गरेको देखिन आएकोले संस्थाको विधान र नियम अनुसारको कारवाहीको अलावा काँग्रेस केन्द्रीय कार्यालयले समेत यिनीहरुलाई कडाभन्दा कडा कारवाही गराउनेछ भन्ने विश्वास दिलाउँछु ।

संस्थामा सबैको भूमिका र जिम्मेवारी हुन्छ । त्यसका लागि नै हो पद व्यवस्थापन गरिएको पनि । सभापतिको हैसियतले मैले संस्थाको नेतृत्व गर्ने हो । हाम्रा जिम्मेवारी र दायित्व समितिको विधानमा समेत प्रष्ट उल्लेख छ । तर जिम्मेवारीमा रहेका नेतृत्वतहका व्यक्तिहरुबाटै समितिको बैंक खाताबाट आफुखुशी रकम निकाल्नु र यस बारे समितिलाई कुनै जानकारी समेत नदिनुको उद्देश्यका बारे तपाईंहरुसमेत अनुमान गर्न सक्नुहुन्छ । संस्थाका हरेक बैठकमा कोषाध्यक्ष विजय थुलुङलाई हर हिसाब विवरण पेश गर्न,वार्षिक ट्याक्स फायल गर्न अनुरोध गर्दा कुनै चासो नदेखाउने,आलटाल गर्ने र ट्याक्स फाइल गर्ने समयअवधि गूज्रिसकेपछि संस्थालाई कानुनी रुपमा सञ्चालन गर्न कुनै अप्ठ्यारो परिस्थिति नआओस् भन्ने उदेदेश्यले म स्वयं बैंकमा गएर बुझेपछि मात्रै हाम्रो बैंक खाताबाट महासचिव मुनेन्द्र नेम्वाङ र कोषाध्यक्ष विजय थुलुङले आ आफ्नो नाममा हस्ताक्षर गरी विभिन्न मितिमा रकम निकालेको थाहा हुन आयो ।

प्रतिवेदनको सिफारिशको आधारमा यही जुलाई २८ तारिख बिहीवार बसेको केन्द्रीय समितिको बैठकले यस आर्थिक अपचलनको मामिलामा महासचिव मुनेन्द्र नेम्वाङ र कोषाध्यक्ष विजय थुलुङलाई तत्काल निलम्वन गर्ने निर्णय गरेको छ र उहाँहरु दुवै जुलाई २८ तारिखका मितिदेखि निलम्बित हुनुभएको छ ।

तत्पश्चात तत्काल मैले जुन ३०, २०१६ का मितिमा केन्द्रीय समितिको आपतकालीन बैठक बोलाई यसबारे केन्द्रीय समितिलाई जानकारी गराएँ र समितिले यस बारे छानबीन गर्न केन्दीय सदस्य अमृत भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरी छानबीन गर्ने निर्णय गरेको हो । समितिमा केन्द्रीय सदस्यहरु वेदप्रसाद खरेल,सुभेन्द्र रानाभाट,सुवास लामा र लोक लामा सदस्य रहनु भएको थियो । समितिले सम्बन्धित सबै पक्षसँग सम्पर्क र छानबीन गरी आफ्नो प्रतिवेदन केन्द्रीय समितिमा बुझाएको छ । सोही प्रतिवेदनको सिफारिशको आधारमा यही जुलाई २८ तारिख बिहीवार बसेको केन्द्रीय समितिको बैठकले यस आर्थिक अपचलनको मामिलामा महासचिव मुनेन्द्र नेम्वाङ र कोषाध्यक्ष विजय थुलुङलाई तत्काल निलम्वन गर्ने निर्णय गरेको छ र उहाँहरु दुवै जुलाई २८ तारिखका मितिदेखि निलम्बित हुनुभएको छ । उहाँहरुको अब समितिमा कुनै पदीय जिम्मेवारी नरहेको यसै विज्ञप्तीमार्फत म प्रष्ट पार्दछु ।

समितिको विद्यमान विधानमा संगठनको हित विरुद्ध काम गर्ने जोकोहीको पनि सदस्यता समेत खारेज गर्न सक्ने प्रावधान रहेको समेत म जानकारी गराउन चाहन्छु । साथै समितिको हर हिसाव विवरण अद्यावधिक गर्न उपसभापति केशव बराल र केन्द्रीय सदस्य गोपाल विश्वकर्माको समिति गठन गरी जिम्मेवारी प्रदान गरिएको र सोही समितिले पेश गरेको प्रतिवेदन पनि केन्द्रीय समितिले अनुमोदन गरी यसै विज्ञप्तीका साथ सार्वजनिक गरेको छ । हाल संस्थाको आर्थिक झलकसहितको छानबीन समिति र आर्थिक हरहिसाव विवरण समितिको प्रतिवेदनसहित यो प्रेस विज्ञप्ती सार्वजनिक गर्दछौं । यस बारे सदाझैं तपाईंहरुबाट सत्य,तथ्य समााचार प्रकाशन,प्रसारण हुनेछ भन्ने अपेक्षा गरेका छौं ।

बिष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् । उनले शनिवार न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा जारी गरेको वक्तब्यको मुख्य अंश । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com