अर्घखाँचीबाट जीवन गुजारा गर्न बाग्लुङ आउँदै गरेकी खातुनलाई डरलाग्दो पहिरोले लग्यो


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

बाग्लुङलमा पहिरोले पुरिएर एक जानाको ज्यान गएको छ । बाग्लुङको बडीगाड गाउँपालिका भीमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमाना खसेको पहिरोमा पुरिएको एक जनाको ज्यान गएको हो । सीमाना पर्ने तुरतुरेस्थित ठूलो भ¥याङमा पहिरो जाँदा ३५ बर्षकी बिबिरन खातुनको ज्यान गएको हो ।

उनी खर्घाखाँचीकी हुनु । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार खातुन अर्घाखाँचीतर्फ आउँदै गर्दा पहिरोमा परेकी थिइन् । उनी ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा व्यवसाय गर्दै आइरहेकी थिइन् । गत शुक्रबार रातिदेखि खस्न थालेको पहिरो अझै नरोकिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त सडकको विकल्प नभएकाले सोही पहिरो खसेको ठाउँबाट बुर्तिबाङदेखि भीमगिठे ओहोरदोहोर गर्न परेको स्थानीयले गुनासो गरेका छन् । मृतक खातुनको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखिएको छ । पहिरो पार गर्दै गरेकी खातुनसँगै अरु पनि पुरिएको हुनसक्ने स्थानीय आशंका गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com