ब्वाइफ्रेण्डलाई छोरा हेर्न भनी अफिस गइन्, आउँदा बच्चा मृत, पुलिसले आमालाई नै पक्रेपछि…


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

अमेरिकामा एक आमाले आफ्नो २ वर्षको छोरालाई ब्वाइफ्रेण्डको जिम्मामा घरमा छोडेर अफिस गइन् । घरमा बच्चाको हेरचाह उनका ब्वाइफ्रेण्डले गरिरहेका थिए । तर, जब उनी घर फर्किन् छाराको ज्यान गइसकेको थियो । महिलाले तत्कालै आकस्मिक सेवामा खबर गरिन् । जब पुलिस घरमा पुग्यो बच्चा मृत अवस्थामा भेटिए । घटनाले नयाँ मोड तब लियो जब आमाको उजुरीमा पुगेको पुलिसले आमालाई नै पक्राउ गर्यो । आमाले सुनाएको कहानी झटो थियो र आमा नै बच्चाकी हत्यारा थिइन् ।

घटना फ्लोरिडाको अरल्याण्डो शहरको हो । यहाँ २४ वर्षकी भिक्टोरिया टोथले इमरजेन्सी सर्भिसका आफ्नो छोरा जेसीको सास नचलेको खबर गरेकी थिइन् । टोथले बच्चालाई ब्वाइफ्रेण्डको जिम्मामा छोडेर गएको र आफू फर्किंदा बच्चाको सास नचलेको बताइन् । टोथको उजुरीपछि जब पुलिस र मेडिकल टिम घरमा पुग्यो बच्चा बेडमा थिए । उनको मृत्यु भइसकेको थियो र उनी कुपोषणका शिकार थिए ।

त्यसपछि जब पुलिसले घरको जाँच गर्यो उनीहरुलाई घटना त्यति सामान्य लागेन जति सामान्य देखाउन खोजिएको थियो । उनहिरुले घरमा कैयौं अहम सबुत प्रमाण भेटेका थिए । पुलिसका अनुसार जेसीको बेडरुमको ट्वाइलेट सिट भाँचिएको थियो । यस्तो देखिन्थ्यो कि त्यो भर्खरै भएको झगडामा भाँचिएको थियो । डाक्६रले जेसीको जाँच गर्दा उनलाई यातना दिइएको पाइयो । उनको पेटमा हात वा केही चीजले प्रहार गरिएको थियो जसका कारण उनको शरीरका भित्री अंग क्षतिग्रस्त भएका थिए ।

डाक्टरको कुरापछि पुलिसलाई लाग्यो कि जेसीलाई नोक्सान पुर्याउने क्रममा नै बाथरुम भत्किएको थियो । उनीहरुको शंका सही निस्कियो । त्यसपछि पुलिसले आमा टोथीलाई बच्चाको निर्मम हत्या गरेको आरोपमा पक्राउ गर्यो । पुलिसका अनुसार टोथीले केही दिनअघिदेखि नै बच्चालाई यातना दिँदा बच्चा कोमामा थिए तर उनले डाक्टरलाई देखाइनन् । पछि फस्ने डरले उनले पुलिसलाई खबर गरेर झुटो कहानी सुनाएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com