आईजिपी खनालले भने- ‘प्रहरीहरु जागिर छाड्न तयार हुनुस्’


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका छन् ।

दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी १ लाख घुस रकम सहित पक्राउ परेपछी उपत्यकामा कार्यरत परिसर देखी बिट इन्चार्ज सम्मका प्रहरी कर्मचारीलाई आईतबार ब्रिफिङ गर्दै प्रहरी महानिरीक्षक खनालले ‘घुस–काण्ड’का कारण प्रहरीको इमेज बिग्रीएको बताएका छन् ।

आईतबार भृकुटीमण्डप स्थित पुलिस क्लवमा आयोजित ब्रिफिङमा कोटेश्वर–काँडाघारी प्रकरणले इमेज बिग्रीएको उल्लेख गर्दैै उनले भने, ‘बेला–बेला संझाउँदा पनी परिवर्तन हुन नचाहने कमाण्डर र मातहतका प्रहरी सवै अब तयार भए हुन्छ ।’

करिब १ घण्टा लामो ब्रिफिङ गरेका आईजिपी खनालले संझाउँदा नमान्ने प्रहरी कर्मचारीलाई बर्दिको दैनिकीबाट बिदा हुनका लागी तयार रहन चेतावनी दिए ।
‘पुलिसको क्रियाकलाप असह्य भएको छ, सुधार्नुस्’ खनालको भनाई उदृत गर्दैै एक सिनीयर अफिसरले भने, ‘संझाउँदा नमान्ने हो भने जागिर छाड्न तयार हुनुस्, अर्को आउँछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय बिग्रीएको प्रहरीको इमेज राम्रा काम गरेर सुधार्नुपर्ने उल्लेख गर्दै खनालले नालायक अफिसरहरुका कारण संगठन बद्नाम भएको बताएका छन्। ‘बोली, बचन र आचरण सुधार्नुस’ विशेषगरी उपत्यकाका कमाण्डरहरुलाई निर्देशन दिँदै उनले भने, ‘मातहतलाई ग्रिपमा राखेर सेल्फ–करेक्सन हुनुस्, अर्को विकल्प छैन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com