हिमालयका पानी बेचेर पैसा कमाउन जापानको सुझाव


प्रकाशित मिति : भाद्र ३१, २०७५ आईतबार

जापानले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर अर्थउपार्जन गर्न नेपाललाई सुझाव दिएको छ ।

नेपालको हिमालयमा पिउन पर्याप्त मात्रमा पिउन योग्य पानी रहकाले त्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव छ । जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायीहरु सम्मिलित प्रतिनिधि मण्डलका सदस्यहरुले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग उक्त प्रस्ताव राखेका हुन् ।

‘विश्वभर अब सबैभन्दा ठूलो संकट पानीको आउँदैछ’, टोलीका सदस्य तथा पूर्वसांसद माचुदाले भन्नुभयो, ‘नेपालको हिमालय क्षेत्रमा पर्याप्त पानी छ, त्यसलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सक्नुहुन्छ ।

’ जवाफमा मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाएको र त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस क्रममा मन्त्री बस्नेतले नेपालमा बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दिर्घकालिन समाधाको विधिमा जान लागिएको बताउनुभयो ।

‘एक ठाउँमा जम्मा भएको फोहोरलाई अन्यत्र लगेर फाल्ने तरिकाले मात्र फोहोर व्यवस्थापन दिगो नहुने हाम्रो अनुभवले देखाएको छ’, उहाँले भन्नुभयो, ‘फोहोरको पुनः प्रयोग गर्नेबारेसोचिरहेका छौं ।’

यस्तै विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती रहेको चर्चागर्दै उहाँले विकासलाई दिगो बनाउन वातावरणमैत्री नीति र विधि तय गर्ने काममा सरकार लागेको औंल्याउनुभयो ।

‘विकास र वातावरणबीच कसरी सन्तुलन कायम गरेर अगाडि बढ्न सकिन्छ भन्नेबारेगृहकार्य गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालयले त्यस विषयलाई समेटेर तयार पारेको नयाँ कानूनको मस्यौदाबारे संघीय संसदमा माननीयहरुले छलफल गरिरहनुभएको छ ।

’ नेपालले वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर कार्ययोजना बनाएको भन्दै उहाँले मुलुकका सातवटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्न लागिएको बताउनुभयो ।

त्यस्तो योजनाले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गर्ने उहाँको भनाइ थियो । विकास र वातावरणबीच सन्तुलन कायम गराउन आफ्नो मन्त्रालयले आक्रामक रुपमा देशभर वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्न लागेको पनि उहाँले बताउनुभयो ।

चुरे क्षेत्रमा दनी प्रणाली व्यवस्थापनमा आधारित कार्यक्रम र राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा ‘इकोटुरिज्म’ कार्यक्रमलाई विशेष महत्वका साथ अघि बढाइएको मन्त्री बस्नेतले जानकारी गराउनुभयो ।

यस्चै उहाँले विश्वमा वातावरणीय प्रदूषण गराउन नेपालको भूमिका शून्य दशमलब शून्य २७ प्रतिशत रहेको भए पनि वातावरण प्रदूषण भएको मुलुकको सूचीमा नेपालको नाम अगाडि आइरहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराइने पनि उल्लेख गर्नुभयो ।

त्यस क्रममा उहाँले नेपालले जापानसँग हरित उद्यमशीलता, जलबायु परिवर्तनको अवस्थामा सुधार तथा वातावरणीय प्रदूषण कम गर्ने एजेण्डामा सहकार्य गर्न चाहेको बताउनुभयो ।

भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका त्यहाँको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताउनु भयो ।

यस्तै पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकालेत्यस एजेण्डामा सबै मिलेर काम गर्नुपर्नेबताउनुभयो ।

उहाँले नेपालको वातावरणीय सन्तुलन कायम गर्ने सन्दर्भमा जापान सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतबद्धता जनाउनु भयो । विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्न टोलीको सुझाव थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com