एनआरएनलाई राजनीतिक अधिकार सहितको नेपाली नागरिकता दिनुपर्छ : डा. भट्टराई


प्रकाशित मिति : भाद्र ३१, २०७५ आईतबार

ड्यालस (अमेरिका) – पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यतिखेर नेपाललाई विदेशमा रहेका नेपालीहरुको शीप, स्रोत र क्षमताको जरुरत भएको बताएका छन् ।

ड्यालसमा शनिबार बिहान नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईले भने–‘बरु तपाईहरुलाई नेपाल नचाहिएको हुनसक्छ, नेपाललाई भने तपाईहरुको जरुरी छ ।’ उनले नेपालको आर्थिक विकासका निम्ति प्रवासमा रहेका नेपालीहरुको आवश्यकता रहेको बताए ।

डा. भट्टराईले प्रवासमा रहेका नेपालीहरुलाई नेपालमा ल्याउनका लागि वातावरण मिलाउने दायित्व आफ्नो पनि भएको उल्लेख गरे । एनआरएनहरुको नेपाली नागरिकताको निरन्तरता मुलुकको लागि पनि हितकर हुने उल्लेख गर्दै राजनीतिक अधिकार सहितको नागरिकता दिनुपर्नेमा आफ्नो सहमति रहेको उनले बताए ।

‘एनआरएनहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता दिँदा हुन्छ भन्ने मेरो धारणा हो, तर अहिले ऐन ड्राप्mट आउँदा राजनीतिक अधिकार हटाइरहेको रहेछ । नागरिकता दिँदा हुन्न्छ, नागरिकताको निरन्तरताले देशलाई लाभै हुन्छ,’ पूर्ब अर्थमन्त्री समेत रहेका डा. भट्टराईले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशलाई विकास गर्नका लागि पूँजीको आयातमा अवरोध गर्नु नहुने धारणा पनि डा. भट्टराईको थियो । ‘बाहिरबाट आउने लगानीमा स्रोतको खोजी गरेर किन अनावश्यक चक्करमा पर्नु ?’ उनले प्रश्न गरे ।

बाहिरबाट नेपालमा लैजाँदा कानुनको पालना भएको रहेनछ भने त्यसलाई नियमन गर्ने अन्तर्राष्ट्रिय कानुनहरु पनि छन् । त्यही कानुनले हेरिहाल्छ, नेपाल भित्रिनेमा अनावश्यक चक्करमा पर्नु आवश्यक नभएको समेत उनले बताए ।

उनले यसपटकको आफ्नो अमेरिका भ्रमण यहाँ रहेका नेपाली समुदायका सदस्यहरु र अमेरिकाकै बिभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरुसँग भेटेर कुरा र अनुभव सुन्ने उद्वेश्य रहेको उनले जानाकारी दिए ।

देश कसरी समृद्ध कसरी हुनसक्छ भन्ने एक प्रश्नमा पूर्ब प्रधानमन्त्री भट्टराईले नेपालको भू–बनौट र भू–राजनीति मुख्य वाधक रहेको उल्लेख गरे । श्रमशक्ति निर्यात गरेर र विदेशी सामान उपभोग गरेरमात्र देश नबन्ने उनको भनाई थियो । ‘श्रमलाई हेर्ने जुन प्रकारको सोचाई नेपाली समाजमा रह्यो त्यसले पनि विकासमा समस्या बढाएको छ,’ डा. भट्टराईले भने ।

निर्वाहमुखी अर्थतन्त्रमा आधारित भएर संसारका कुनै पनि देश अघि बढ्न नसकेको उल्लेख गर्दै डा. भट्टराराईले नेपालको तुलनात्मक लाभका क्षेत्र के हुन् भन्ने कुरालाई पहिल्याएर गुणात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

कि जान्नुपर्छ कि छाड्नुपर्छः

पूर्ब प्रमं भट्टराईले व्यबस्था बदलिएपनि सोच नबदलिएका कारण समस्या जस्ताको तस्तै रहेको उल्लेख गरे । उनले व्यबस्थाको बखान गरेरमात्र नहुने र कि जान्नुपर्ने कि त सक्षम युवापुस्तालाई छाडिदिनुपर्ने बताए ।

‘अहिले सरकारको पहिलो ६ महिना त्यति आशाजनक र सकारात्मक देखिएको छैन । तर, ६ महिनानै अन्त्यनै भने होइन,’ उनले भने । डा. भट्टराईले केपी ओली नेतृत्वको वर्तमान सरकालाई काम गर्ने प्रयाप्त अवसर रहेको उल्लेख गर्दै काम गर्नका लागि शूभकामना र्दि ।

बाघ बुढो र स्याल तन्नेरीः

डा. भट्टराईले आफ्नो मन्तव्यको केही समय अमेरिकाको गुणगान र समृद्धिको समेत चर्चा गरे ।

‘संसारमा अमेरिका एक शताव्दीदेखि विकासको केन्द्रविन्दू भएको छ । पछिल्लो समय दक्षिणपूर्बी एसियाली देशहरु विकासको गतिमा अघि बढेपनि अमेरिकालाई बुढो बाघको संज्ञा दिए ।

‘जतिसुकै बुढो भएपनि बाघ भनेको बाघै हो, तन्नेरी स्यालले उछिन्न सक्दैन,’ उनले भने ।

उनले अहिले नेपाललाई दुई अर्थतन्त्रबीचको पुल बन्नुपर्ने र त्यसबाट फाइदा लिनुपर्ने बताए ।

क्रान्तिको नियमः

माओवादीको सशस्त्र द्वन्द्वको समयमा १७ हजार सर्वसाधारण मारिएको प्रश्नको उत्तर दिँदै भट्टराईले बलिदानीको क्रममा त्यस्तो हुने रहेछ भने । त्यसलाई समिक्षा गरेर अब मलहम पट्टी लगाउनेतिर लाग्नुपर्ने उनको धारणा थियो ।

पीडितलाई मलहम पट्टी लगाउनेतिर सबै लाग्नुपर्छ । ‘पीडितलाई उचित संरक्षण र हेरबिचार गर्नेतिर लाग्नुपर्छ,’उनले भने ।

नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको सभापतित्व तथा सचिव सुरज भण्डारीको सञ्चालनमा भएको अन्तरकृयामा पूर्बमन्त्री तथा भट्टराईपत्नी हिसिला यमीले संसारमा ध्वँस्त नभैकन कुनै पनि संरचना पुरै नबनेको उल्लेख गर्दै युद्धको समयमा एक्साभेटर जलाएको सन्दर्भ निकालेकी थिइन् ।

त्यस अवसरमा डा. भट्टराईले अहिलेको व्यबस्थाले देशमा स्थिरता नदिने दावी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीमा नगएसम्म स्थिरता नआउने बताए ।

एक महिने लामो अमेरिका अध्ययन भ्रमणमा आएका डा. भट्टराईले अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com