भारतले यसरी दियो नेपाललाई नाकाबन्दी लगाउने संकेत


प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार

नपालले बिमस्टेक सदस्य राष्ट्रहरूकाे संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नभएकाे विषयलाइ प्रमुखताकासाथ स्थान दिएका छन्। उनीहरू नेपाल फेरि चीनसँग नजिकिएकाे र भारतलाइ लगातार झड्का दिएकाे समाचार प्रमुखताकासाथ छापेका छन्। बीबीसी हिन्दीले पनि यस्तै सामाग्री प्रकाशन गरेकाे छ।

प्रधानमन्त्री नरेन्द्र माेदी ३० अगस्ट देखि ३१ सम्म नेपालमा अायाेजना भएकाे बिमस्टेक सम्मेलनमा थिए। प्रधानमन्त्री याे सम्मेनबाट फर्किइसकेपछि नेपालले भनतलाइ कयाैं झड्का दिइसकेकाे छ।
पहिला नेपालले बिमस्टेक सदस्य राष्ट्रका पुणेमा अायाेजित संयुक्त सैन्य अभ्यासमा सहभागी हुन अस्विकार गरेकाे गरेकाे थियाे र नेपाल १७ देखि २८ सेक्टेम्बरसम्म चीनसँग १२ दिनकाे सैन्य अभ्यास गर्दैछ।

यसरी नेपालले भारतकाे घाउमा नुनचुक छर्किने काम गरेकाे छ। टाइम्स अफ इंडियासँग साेमबार नेपाली सेनाका प्रवक्रता ब्रिगेडियर जनरल गाेकुल भण्डारीले चीनसँग यस्तै प्रकारकाे अर्काे सैन्य अभ्यास हुने बताए। उनले उक्त सैन्य अभ्यासकाे लक्ष्य अातंक विराेधी अभियानमा दक्षता हासिल गर्नु रहेकाे बताए।

नेपालकाे चीनसँगकाे सैन्य अभ्यास अप्रीलमा हुँदैछ। भारतकालागि याे विषय चिन्ता बढाउने खालकाे हाे। अाखिर भारतका सबै छिमेकी बारम्बार किन भारतबाट टाढा हुँदैछन्?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिमस्टेककाे सैन्य अभ्यासबाट नेपाल अचानक अगल हुनु भारतकालागि सबैभन्दा ठूलाे झड्काका रूपमा हेरिएकाे छ। भारतका पूर्व विदेश सचिव कंवल सिब्बलले भने- भारतलाइ अनावश्वक रूपमा उक्साउँदा नेपाललाइ सन्ताेस मिल्छ।’

नेपालका प्रधानमन्त्री केपी अाेलीले याे विषयमा भारतीय राजदूत मंजीत सिंह पुरीसँग याे विषयमा छलफल गरेका छन्। उक्त छलफलमा अाेलीले बिमस्टेक सैन्य अभ्यासमा सहभागी नहुनुकाे कारण बताएका थिए। यद्यपी याे विषयमा पुरीले कुनै प्रतिक्रिया दिएनन्।

नेपालले अन्तरिक राजनीतिका कारण सैन्य अभ्यासमा सहभागी हुन नसकेकाे बताएकाे छ। यद्यपी भारतले याे तर्कलाइ तार्किक मानेकाे छैन्। किनभने नेपालकाे अाेली सरकार दुइ तिहाइकाे शक्तिशाली सरकार हाे।

प्रश्न के उठाइएकाे छ भने यस्ताे बलियाे सरकारलाइ कसले दवाब दिन सक्छ? याे विषयमा दिल्लीस्थित दूतावासले कुनै टिप्पणी गरेकाे छैन। प्रधानमन्त्री बनेपछि माेदी चार पटक नेपाल गइसकेका छन् तर सम्बन्ध भराेसा गर्न लायक भएकाे छैन्।

यही बीचमा नेपाल र चीनबीचकाे सम्बन्धमा नयाँ प्रगति भएकाे समचार सार्वजनिक भयाे। समाचार एजेन्सी राेयटर्सका अनुसार चीनले नेपाललाइ अाफ्ना बन्दरगाह प्रयाेग गर्न अनुमति दिएकाे छ।

नेपाल भूपरिवेष्टत मुलुक हाे। र उ भारतसँग अाफ्नाे निर्भरता कम गर्न चाहन्छ। २०१५ मा भारतले अघाेषित नाकाबन्दी लगाएकाे थियाे। जसका कारण नेपालमा अत्यावश्यक सामानकाे अभाव भएकाे थियाे। त्यतिबेलादेखि यी दुइ मुलुकबीचकाे सम्बन्धमा चिसाेपना अाउन सुरू भएकाे हाे।भारत नेपालकाे नयाँ संविधानदेखि असन्तुष्ट थियाे। नेपालकाे नयाँ संविधानले नेपालका मधेसी समुदायमाथि भेदभाव गरेकाे भारतकाे बुझाइ थियाे।

मधेसी भारतीय मुलका हुन् उनीहरूकाे सम्बन्ध विहार र युपीसँग छ। यद्यपी नेपालले संविधानमा कुनै परिवर्तन नगरी भारतले नाकाबन्दी अन्त्य गर्याे।
नेपाल भारतमाथिकाे अाफ्नाे परनिर्भता कम गर्न चाहन्छ।

अर्काेतर्फ चीन पनि नेपालमा अा्नाे उपस्थिति बलियाे बनाउन चाहन्छ।केपी अाेली फेब्रअरी २०१५ मा दाेस्राे पटक नेपालकाे प्रधानमन्त्री बनाएका हुन्। त्यतिबेलादेखि उनी दुइ पटक भारत भ्रमणमा अाएका थिए। उनले चुनावमा भारतमाथिकाे परनिर्भरता कम गर्ने बताएका थिए।

नेपालकाे नयाँ संविधानप्रति भारतीय असन्तुष्टिमाथि नेपालकाे भनाइ के छ भने याे नेपालकाे अान्तरिक मामिला हाे। भारत र नेपालबीच १९५० भएकाे पीस एण्ड फ्रेण्डशी सन्धि अाेली सन्तुष्ट छैनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com