Follow @khasokhasmag

यो साता ४५ हजारलाई अमेरिकी नागरिकता दिइदै


प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार

अमेरिकी सरकारले यो साता ४५ हजार आप्रवासीहरुलाई अमेरिकी नागरिकता दिने भएको छ । संविधान दिवस र नागरिकता दिवस मनाउने क्रममा शुक्रबारदेखि सेप्टेम्बर २३ सम्म हुने विभिन्न कार्यक्रमहरुमा नागरिकता वितरण गरिने भएको छ ।

यो सप्ताहमा अमेरिकाभर २६० वटा सपथग्रहण समारोहहरु हुनेछन् । सेप्टेम्बर १७ लाई संविधान दिवस र नागरिकता दिवसको अवशर पारेर युएससीआईएसले नागरिकता वितरण समारोहहरु गर्ने निर्णय गरेको हो ।

हरेक बर्ष अमेरिकाले ७ लाख देखि ७ लाख ८० हजारसम्म आप्रवासीहरुलाई नागरिकता प्रदान गर्दै आएको छ । आर्थिक बर्ष २०१७ मा ७ लाख १६ हजार आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न मापदण्डहरु पूरा गर्नुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकता प्राप्त गर्न सकिने प्रावधानबारे जान्न युएससीआईएसको वेवसाइटमा हेर्नुहोला ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com