शहिद स्मारक तोडिएकोप्रति आपत्ति


प्रकाशित मिति : मंसिर १७, २०७३ शुक्रबार

बुटवल । प्रदेश नं ५ सिमाकंन हेरफेरको प्रस्तावविरुद्ध भएको आन्दोलनमा विहीबार बुटवलको पुष्पलालपार्कमा रहको शहिद स्मारक तोडिएकोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा रुपन्देही जिल्ला संयोजक रामप्रसाद बन्जाडे (टंकमणी) ले एक विज्ञप्ति जारी गर्दै शहिद स्मारक तोडिएकोप्रति गम्भीर आपत्ति प्रकट गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ— शान्तिपूर्वक आन्दोलन गर्न पाउने जनताको अधिकार भएपनि सार्वजनिक सम्पतिको क्षेति पु¥याउनु निन्दनीय कार्य हो । सहिद स्मारक तोडेर शहिदको अपमान गरिएको भन्दै विज्ञप्तिमा यस्ता पत्रकारका उदण्ड र हर्कत नगर्न आन्दोलनको नेतृत्व गर्नेलाई चेतावनी दिइएको छ ।

यसैबीच महान शहिद परिवार नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक शिवप्रसाद घिमिरेले पनि एक विज्ञप्ति प्रकाशित गर्दै घटनाको घोर भ्रत्सना गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ—उदण्ड समूहको यो हर्कत कुनै मूल्यमा क्षम्य छैन, दोषीलाई कारवाही गरिनुपर्छ ।

बिहिवार भएको आन्दोलनमा नेतृत्व कस्को हो भन्ने नखुलाइएको भएपनि विभिन्न दल समर्थित विद्यार्थीहरु तथा युवा नेताहरु अग्रपंत्तिमा देखिन्थे । तर एमाले तथा कांगे्रेसका नेताले आफ्ना कार्यकर्ताबाट तोडफोड नभएको दावी गरेका छन् । आन्दोलनकारीले नेकपा माओवादी (विप्लप) समूहको कार्यालयमा पनि तोडफोडको प्रयास गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com