बुटवल तनावग्रस्त, स्थानीय युवा र प्रहरीबीच ढुङ्गा हानाहान


प्रकाशित मिति : मंसिर १६, २०७३ बिहीबार

सरकारले ५ नं प्रदेश टुक्र्याउने लगायत विषयमा ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनमा उत्रेका युवा र प्रहरीबीच बिहीबार दिनभर ढुङ्गा हानाहान भएको छ । राष्ट्रिय झन्डासहित स्वतःस्फुर्त रुपमा उत्रिएका केही युवाले दिउँसो अस्पताल लाइनमा रहेको माओवादी केन्द्रले बनाएको सहिद स्मारक तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो ।

प्रहरीले सुरक्षा दिए पनि प्रदर्शनकारीले पर्खाल तोडेका छन् । तोडफोड रोक्दै गरेका प्रहरीमाथि ढुङ्गा बर्साइएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले सहिद स्मारकमा राखिएको नेकपा(माओवादी केन्द्र) को चुनाव चिह्नअङ्कित प्रतीक निकालेर सो ठाउँमा राष्ट्रिय झन्डा राखेका छन् ।

पाँच नं क्षेत्र विभाजनको विरोधमा बिहीबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले आह्वान गरेको बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन दिनभरि नै प्रभावित बन्यो । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । बन्दकर्ताको अवरोधपछि भित्री सडकमा समेत सवारी चल्न पाएनन् । बजार, पसल, औद्योगिक प्रतिष्ठान, शिक्षणसंस्था आदि भने दुई दिनदेखि बन्द छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com