‘पूरानो कार्यसमितिले विवरण नदिंदा ट्याक्स फाइल भएन’ – बिष्णु सुवेदी, जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक


प्रकाशित मिति : श्रावण १६, २०७३ आईतबार

नेपाली जनसम्पर्क समिति अमेरिकामा भूकम्पपीडितको नाममा उठाएको रकम हिनामिना भएको प्रसंगमा गरिएको पत्रकार सम्मेलनमा आफूलाई विवादमा मुछ्न खोजिएकोप्रति नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले आपत्ति जनाएका छन् ।

भूकम्पपीडितका नाममा संकलित रकममा भ्रष्टाचार भएको चौतर्फी आवाज उठेपछि गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा जनसम्पर्क समितिले तीनवटा आर्थिक बर्षको ट्याक्स फाइल नगरेको खुलासा गरिएको थियो । जस अन्तरगत आर्थिक बर्ष सन् २०१३ र सन् २०१४ को ट्याक्स फाइल तत्कालिन संयोजक बिष्णु सुवेदीले गर्नुपर्नेमा नगरेको आरोप लगाइएको थियो ।

सुवेदीले यस्तो आरोपको खण्डन गरेका छन् । सन् २०१३ को जुन महिनामा आफू जनसम्पर्क समितिको संयोजक पदमा आएपनि सन् २०१३ को जनवरीदेखि मेसम्मको आर्थिक विवरण पूरानो कार्यसमितिले उपलब्ध नगराएका कारण आर्थिक बर्ष सन् २०१३ को ट्याक्स फाइल गर्न नसकिएको सुवेदीले बताएका छन् ।

उनले भने – ‘मसँग आर्थिक बर्ष सन् २०१३ को ट्याक्स फाइल गर्नका लागि सबै हिसाबकिताब तयार थियो । तर सन् २०१३ को जुनदेखि डिसेम्बरसम्मको हिसाबले मात्र ट्याक्स फाइल गर्न नमिल्ने सीपीएले बताए । त्यो अगाडिका पाँचमहिनाको हिसाब पूरानो कार्यसमितिले नदिएका कारण ट्याक्स फाइल गर्न सकिएन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उसो भए आर्थिक बर्ष सन् २०१४ को ट्याक्स फाइल किन नगरेको ?  खसोखासको प्रश्नमा सुवेदीले भने – ‘सन् २०१४ को ट्याक्स फाइल सन् २०१५ मा गर्ने हो । म सन् २०१४ कै नोभेम्बरबाट कार्यसमितिबाट हटिसकेकाले र ट्याक्स फाइल गर्ने बेलामा नयाँ कार्यसमिति आइसकेकाले त्यो काम नयाँ कार्यसमितिको हो । मैले म कार्यरत रहँदाका डेढबर्षको सबै हिसाब किताब, बिल भपाईसहित ज्याक्सनहाइटमा गरिएको सार्वजनिक कार्यक्रममा नयाँ कार्यसमितिलाई बुझाइसकेको छु ।’

सन् २०१३ को जुनमा संयोजक भइसकेपछिका केही महिनासम्म आफूले कुनै पनि बैंक खाता संचालन नगरेको र सन् २०१४ को  टेक्सास अधिवेशन भन्दा केहीमहिना  अगाडिमात्र स्थानीय नेतृत्वको दस्तखत चल्नेगरी खाता खोलिएको सुवेदीले जानकारी दिएका छन् । त्यतिबेलासम्म पनि पूरानो समितिबाट बैंकखाता र हिसाब नपाएपछि खाता खोलिएको सुवेदीले प्रष्ट पारेका छन् ।

बैंक खाता नखोलेर त्यत्रो महिनासम्म आम्दानी र खर्चको विवरण कसरी राख्नुभयो ? सुवेदी भन्छन् – ‘त्यतीबेला न आम्दानी थियो, न खर्च नै । कार्यक्रम हुँदा आफूआफू मिलेर नगद उठाउँदै तिर्ने गरिन्थ्यो । बैंकमा राख्ने र झिक्ने जरुरतै परेन ।’

तीनबर्षदेखि अमेरिकी सरकारलाई ट्याक्स नतिरेपछि जनसम्पर्क समिति अमेरिकामा नयाँ विवाद सृजना भएको हो । लहरो तान्दा पहरो थर्केजस्तै अब जनसम्पर्क समितिमा सन् २०१३ को जुन भन्दा अगाडिको हिसाबकिताब पनि खोज्न थालिएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com