नेपालको तीज बिर्साउने गरी अमेरिकामा तीज महोत्सब


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो सभा हल खचाखच भरिएको थियो । त्यहाँको वातावरण देख्दा लाग्थ्यो – हामी नेपाल मै छौँ । तीज महोत्सव अमेरिका २०१८ जहाँ निःशुल्क प्रवेश, तीजको दर, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने व्यवस्था, साथमा तीजको किनमेल स्टलहरू पनि समावेश थिए । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा सेप्टेम्बर ९ तारिख आइतबार बिहान १२ बजे देखी सुरु भएको तीज महोत्सव बेलुकी ६ बजे सम्म लगातार चलिरह्यो ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले तीज पर्व सँग जोडिएका शिव पार्वतीको तस्बिर अगाडि पानसमा बत्ती बालेर तिज महोत्सव उद्घाटन गर्नुभयो, अनि सुरु भए तीजका गीतहरू र नाचहरूका वर्षा । दुई वा दुई भन्दा बढीको सामूहिक गीत र नाच होस वा पुरै हल जुरुक्क उठेर नाच्दा नेपालको तीज र वातावरण झलझल याद आउँथ्यो । नेपाली लोक संस्कृति अमेरिकामा पनि छाएको महसुस हुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका राजदूत डा. कार्कीले तीजको महत्त्व बारे प्रकाश पार्दै अमेरिकामा पनि तीज महोत्सव आयोजना गरेर अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीले उल्लेखनीय काम गरेकोमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो । वहाँले तीज एउटा पर्व मात्र नभएर संस्कृति पनि भएकोले यसको जगेर्नामा ध्यान दिनुपर्ने बताउनुभयो ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले तीजका गीत र नाच आजकल रत्यौली बन्दै गइरहेको, त्यो भन्दा पनि बढी छाडा र विकृतिपूर्ण बन्दै जानु दु:खुद भएको बताउनुभयो । हामीले देशमा सबै कुरा त खायौँ खायौँ अलिकति बाँकी रहेको लोक संस्कृतिलाई बँचाउनुपर्छ अन्यथा हाम्रो सम्पूर्ण पहिचान गुम्ने छ खनालले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगरले तीज पर्व र यस सँग जोडिएका तथ्यहरूका बारेमा प्रकाश पार्दै तीज को एतिहासिक महत्त्व रहेको बताउनुभयो ।

नेपाली संघ संस्था र महिलाहरूको प्रतिनिधित्व गर्दै अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजा र अमेरिकी महिलाहरूको प्रतिनिधित्व गर्दै डा. जुडी फ्रेडिकसन सुवेदीले तीज महोत्सवको सफलताका लागि शुभकामना दिनुभएको कार्यक्रममा अनेसास डिसीका उपाध्यक्षद्वय अरुण रुपाखेती र रजनी श्रेष्ठले धन्यवाद ज्ञापन र स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगर, उपाध्यक्ष बिमला निरौला, सुस्मा खनाल, बिना घर्तिमगर, रोजा वलीले सँचालन गर्नुभएको थियो ।

कार्यक्रममा कोसाध्यक्ष पुस्कर पन्त, आर्थिक उपसमिती संयोजक खगेन्द्र थापा र स्वयमसेबक संयोजक मुकुन्द कोइरालाले आफ्नो जिम्मेवारी अन्तरगतका विवरण पेश गर्नुभएको थियो ।

स्मरण रहोस  अमेरिकामा हरेक वर्ष आयोजना गरिँदै आएको तीज महोत्सव पहिलो पटक सन २००८ मा रामप्रसाद खनालले सुरुवात गर्नुभएको थियो । सो भन्दा अगाडि अमेरिकामा तीजको औपचारिक कार्यक्रम भएको कुनै तथ्य भेतिंदैन । सन २००८ मा  तीज महोत्सव सुरु गरिए पछि का वर्षहरूमा भने अमेरिकाका विभिन्न राज्यहरूमा तीजका कार्यक्रमहरू आयोजना गर्न थालिएको देखिन्छ ।

कार्यक्रमको अन्त्यमा गीत र नाचमा सहभागी टोली र तीज महोत्सवका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com