सरकारद्वारा दर्ता गरिएको विधेयक गठबन्धनद्वारा अस्वीकार


प्रकाशित मिति : मंसिर १६, २०७३ बिहीबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र विभिन्न जातीय संगठन आवद्व संघीय गठबन्धनले सरकारले मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन विधेयक अस्वीकार गरेको छ ।

बिहीबार दिउँसो गठबन्धनको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले एक विज्ञप्ति जारी गर्दै सरकारले दर्ता गराएको विधेयकले मधेसी, आदिवासि जनजाती, थारु लगायतका समूदायको माग सम्बोधन नगर्ने जनाउँदै सो विधेयक गठबन्धनले अस्वीकार गर्ने निर्णय गरेको बताएको हो ।

बैठकपछि गठबन्धका संयोजक उपेन्द्र यादवले हस्ताक्षर गरि जारि विज्ञप्तिमा  सरकारले दर्ता गरेको विधेयकले नेपाली समाजमा विद्यमान रहेको जातीय, वर्गीय, लैङ्गीक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावलाई अन्त्य गर्न नसक्ने उल्लेख छ ।

morcha

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com