‘अमेरिकन बाबु मेड इन नेपाल’ न्युयोर्कमा प्रिमियर


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

‘अमेरिकन बाबु मेड इन नेपाल ’ चलचित्र न्युयोर्कमा प्रिमियर गरिएको छ ।

प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरुलाई समेटेर बनाइएको भएर यो चलचित्रको प्रिमियरमा उल्लेख्य दर्शकको पनि उपस्थिति थियो ।

यस चलचित्रका निर्देशक ईश्वर थापाले आफ्नो चलचित्रमा अमेरिकामा नेपालीहरुले भोगेको कुरालाई उतारेको भएर दर्शकहरुले मन पराएको उल्लेख गरे ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘ यहां आएका सबै नेपालीहरुको संघर्ष उस्तै भएकाले दर्शकहरुले यसलाई रुचाएका हुन्, ’ निर्देशक थापाले भने ।

प्रिमियरमा विशेष अतिथिका रुपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले चलचित्रले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको टिप्पणी गरे ।

‘ चलचित्रका निर्देशक बधाइका पात्र छन् यसका लागि ,’ क्षेत्रीले भने ।

१ दशक अघि बिषालु, हाउडे जस्ता नेपाली चलचित्रमा नायकको भूमिका निभाएका निर्देशक थापा अहिले म्युजिक भिडियो र चलचित्रमा निर्देशनमा व्यस्त छन् ।

राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माता रहेका उक्त चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र अमेरिकाको विभिन्न शहर हुंदै ३ महिना पछि नेपालमा रिलिज गरिने बताइएको छ ।
प्रिमियरमा निर्देशक थापाको अर्काे चलचित्र बुलेटप्रुफ शेर्पा छिट्टै बन्ने जानकारी पनि दिइयो जसमा कलाकार जाङ्बु शेर्पाको मुख्य भुमिका हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com