तामाङ समाज अमेरिकाले न्यूयोर्कमा कार्यालय स्थापना गर्यो


प्रकाशित मिति : भाद्र २४, २०७५ आईतबार

तामाङ समाज अमेरिकाले न्यूयोर्कमा आफ्नो कार्यालय स्थापना गरेको छ । समाजको कार्यलय शनिवार एक कार्यक्रमका बीच नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कका कार्यवहाक महाबाणिज्यदुत पुष्पराज भट्टराईले उदघाटन गरेका छन् ।

बिभिन्न संघ सस्थाका अगुवाहरुको उपस्थितिमा महाबाणिज्यदुत भट्टराईले कार्यलय उद्घाटन गरेका हुन् । कार्यलय उद्घाटनका क्रममा महाबाणिज्यदुत भट्टराईले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समाजलाई मिलेर अगाडि बढ्न सुझाएका छन् । मिलेर अगाडि बढ्न सकेमा सबै नेपालीको भलो हुन्छ, उनले भने तपाईहरु फरक ढंगबाट काम गर्नुस नेपाली समुदायलाई माथी लाने काम गर्नुस ।

कार्यक्रममा समाजका अध्यक्ष सानुमाया तामाङले यसैबर्ष अर्थात २०१८ मा स्थापना भएको समाजले आफ्ना गतिविधिहरुलाई आफ्नै कार्यलयबाट संचालन गर्ने उदेश्य र समाजसंग आवद्धहरुको सहजताका लागि कार्यलय स्थापना गरेको जनाएकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष तामाङले आगामी दिनमा अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायसंग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता सहित सामुदायिक गतिबिधिलाई पुनः परिभाषित गर्ने नेतृत्वदायी भुमिका निर्वाह गर्ने जनाएकी छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव बिरआर लामा, नेपाली जनसम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, संगठन बिभाग प्रमुख बेद खरेल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्यूनीटिका अध्यक्ष छेपक गुरुङ, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तुम परिवार न्यूयोर्कका अध्यक्ष डम्बरजंग गुरुङ, नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष लुईसाङ वाईवा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङदेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, प्रेम एण्ड पुनम फाउन्डेशनका अध्यक्ष प्रेम थोकर, गैरआवासिय नेपाली संघ अमेरिकाका सहकोषाध्यक्ष पवन योञ्जन लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन तामाङ समाजका सचिव विनिता तामाङले गरेकी थिईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com