नयाँ डिभी विजेतालाई अक्टोबरदेखि भिसा, २०१८ का २५ सयबढी नेपाली विजेताले भिसा नपाउने


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

आर्थिक बर्ष सन् २०१९ का लागि डिभी परेका नेपालीहरुले आगामी अक्टोबर १ देखि अमेरिकाको भिसा पाउन थाल्नेछन् । आर्थिक बर्ष २०१९ का लागि डिभी पर्ने नेपालीहरुको संख्या ३६३३ रहेको छ । उनीहरुले सन् २०१९ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाउनेछन् ।

तर आर्थिक बर्ष २०१८ का लागि डिभी परेका ४०९७ जना नेपालीहरुमध्ये २५ सय भन्दा धेरै डिभी विजेता र उनीहरुका परिवार अमेरिकामा आउनबाट वञ्चित हुने भएका छन् । आर्थिक बर्ष २०१८ को १० महिनामा जम्मा १३२९ जना प्राथमिक विजेता नेपालीहरुलेमात्र डिभी परेर अमेरिकाको भिसा पाएका छन् । अगस्त र सेप्टेम्बरको समेत संख्या जोड्दा १५ सय भन्दा धेरै नहुने निश्चितप्राय रहेको छ ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना अक्टोबरमा १५७ जना, नोभेम्बरमा १४७ जना, डिसेम्बरमा पनि १४७ जना, जनबरीमा १४५ जना, फरबरीमा १४२ जना, मार्चमा १६५ जना, अप्रिलमा १४४ जना, जुनमा १६१ जना र जुलाईमा १२१ जना प्राथमिक डिभी विजेताहरुले अमेरिकाको भिसा पाएका थिए । त्यो बाहेक उनीहरुका दम्पत्ति र बच्चाबच्चीले पनि भिसा पाएका थिए ।

आर्थिक बर्ष सन् २०१८ को १० महिनामा प्राथमिक डिभी विजेता र उनीहरुका परिवारका सदस्यहरुसहित जम्मा २८३८ जनाले अमेरिकाको भिसा पाएका छन् । सन् २०१८ का लागि डिभी विजेताहरुले यो सेप्टेम्बर महिनाभर भिसा पाउनेछन् भने सेप्टेम्बरभित्र भिसा नपाउनेहरु डिभी परेपनि अमेरिका आउन अयोग्य हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com