डिभी परेपछि भिसा पाउने नेपालीको संख्या पछिल्लो महिना यो बर्षकै कम


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

डिभी परेपछि अमेरिकाको भिसा पाउने नेपालीहरुको संख्या पछिल्लो महिनामा ह्वात्तै घटेको छ । आर्थिक बर्ष २०१८ का ९ महिनाको तुलनामा जुलाईमा डिभी लोटरी परेर अमेरिकाको भिसा पाउने नेपालीहरुको संख्या सबैभन्दा कम रहेको छ ।

अमेरिकी सरकारको विदेशमन्त्रालयको तथ्यांक अनुशार जुलाईमा जम्मा १२१ जना डिभी विजेताहरुले अमेरिकाको भिसा पाएका थिए । गत अक्टोबरमा आर्थिक बर्ष २०१८ सुरु भएयता कुनै पनि महिनामा यति थोरै नेपालीहरुले भिसा पाएका थिएनन् ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना अक्टोबरमा १५७ जना, नोभेम्बरमा १४७ जना, डिसेम्बरमा पनि १४७ जना, जनबरीमा १४५ जना, फरबरीमा १४२ जना, मार्चमा १६५ जना, अप्रिलमा १४४ जना र जुनमा १६१ जना प्राथमिक डिभी विजेताहरुले अमेरिकाको भिसा पाएका थिए । त्यो बाहेक उनीहरुका दम्पत्ति र बच्चाबच्चीले पनि भिसा पाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष सन् २०१८ को १० महिनामा प्राथमिक डिभी विजेता र उनीहरुका परिवारका सदस्यहरुसहित जम्मा २८३८ जनाले अमेरिकाको भिसा पाएका छन् । जसमा भिसा पाउने प्राथमिक विजेताहरु जम्मा १३२९ जना रहेका छन् । जबकी आर्थिक बर्ष २०१८ का लागि डिभी पार्ने नेपालीहरुको संख्या ४०९७ रहेको थियो ।

सन् २०१८ का लागि डिभी विजेताहरुले यो सेप्टेम्बर महिनाभर भिसा पाउनेछन् भने सेप्टेम्बरभित्र भिसा नपाउनेहरु डिभी परेपनि अमेरिका आउन अयोग्य हुनेछन् । २०१८ का लागि कुल डिभी पार्ने प्राथमिक विजेताहरु ४०९७ मध्ये झण्डै १५ सय प्राथमिक विजेताहरुलेमात्र भिसा पाउने निश्चितप्राय रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com