सासुको यौनसम्बन्ध लुकाउन बुहारीको हत्या


प्रकाशित मिति : भाद्र २२, २०७५ शुक्रबार

बाँकेको डुडुवा–२ बाबागाँउमा भदौ १४ गते नालीमा डुबेर मृत्यु भएको भनिएकी अन्नु वर्माको हत्या भएको माइती पक्षको आरोप छ । माइती पक्षले नेपालगन्जमा पत्रकार सम्मेलन गरी सासु धनदेही कुर्मीको योजनामा हत्या गरिएको आरोप लगाएको छ ।

सासु बुहारीको केही दिनअघि पनि झगडा भएको, शरीरभरि घाउ चोटपटक देखिएकाले हत्या माइती पक्षेको दाबी छ । बर्माकी सासू धनदेही र स्थानीय हरिहरप्रसाद गुप्ता (तेली) बीचको सम्बन्ध रहेको र सम्बन्धबारे मृतक वर्माले थाहा पाएका कारण हत्या गरिएको मृतककी भाउजु बिन्दुकुमारी कुर्मीले पत्रकार सम्मेलनमा बताइन् ।

माइती पक्षले हत्यामा संलग्न रहेका सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com