युनाइटेड किरात राई ओर्गनाईजेशन अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टर गठन, अध्यक्षमा जोरबीर राई


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

– घनश्याम किराँती

युनाइटेड किरात राई ओर्गनाईजेशन अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टरले संस्थाको महाधिवेशन सम्पन्न गरी सर्बसम्मतबाट आगामी ३ वर्षको निमित्त नयाँ कार्य समिति चयन गरेको छ । संस्थाको अध्यक्षमा जोरबीर राई, उपाध्यक्ष पार्वती लामा राई, उपाध्यक्ष सुमित्रा कुँवर राई , महासचिवमा टक्सन राई, कोषध्यक्षमा सुश्री नवीन राई र सदस्यहरुमा दियोराम राई, लक्ष्मी राई, सौजन राई, हिरा राई, गायत्री थापा राई र कला राईलाई चयन गरिएको छ ।

यस संस्थाका पूर्व अध्यक्ष तथा जनजाति महासंघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष देव किराँतले नव गठित पदाधिकारिहरुको घोषणा गर्दै सम्पूर्ण नव पदाधिकारी तथा सदस्यज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसै गरी संस्थाका सल्लाहकार तथा बे एरियाका पुरानो छाता संस्था नान्सका अध्यक्ष रवीन्द्र राईले पनि नव पदाधिकारीज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्याप्त गर्दै निकट भबिश्यमा बन्न लागेको नेपाली सामुदायिक केन्द्रलाई सहयोग गर्न सबैलाई आह्वान गर्नु भएको थियो ।
साथै यस संस्थाका सल्लाहकार, नान्सका पूर्ब अध्यक्ष तथा नेपाली सामुदायिक केन्द्रका परिकल्पनाकार यान राईले यस संस्थाको भूमिका बारे प्रकाश पार्नु भएको थियो ।
संस्थाका निवर्तमान सचिव जिएस राईले कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद दिंदै आफ्नो अमूल्य समय दिई स्वादिस्ट परिकार उपलब्ध गराउनु हुने सबै परिवारहरुमा क्रृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै कार्यक्रममा गत अगस्त ११ तारिख शनिवार न्युयोर्क शहरमा सम्पन्न प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को सेकेण्ड रनर अप तथा मिस बेष्ट स्माइल बिजेता सुश्री सिर्जना राईलाई क्यालिफोर्निया च्याप्टरका निवर्तमान अध्यक्ष अबि कुमार थुलुङ राईले बधाई दिदै सम्मान गर्नु भएको थियो।

त्यसै गरी निवर्तमान अध्यक्ष थुलुङ राईले पुर्खाहरु भक्त बहादुर राई, थमान सिंह चितौरे र बरिष्ठ संगीतकार मदन दिपबिम र चर्चित लोक गायिका शिवा देवान दिपबिमलाई सम्मान गर्दै नव कार्य समितिका पदाधिकारिहरुलाई खदा ओढाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

नव निर्वाचित अध्यक्ष जोरबीर राई र महासचिव टक्सन राईले आफुहरूलाई विश्वास गरि दिएको कार्यभारलाई पुरा गरेरै छोड्ने अठोट व्यक्त गर्नु भयो ।

अन्तमा, सबै पुर्खा, आगन्तुक र सबै किराँत राई परिवारहरु डिजेमा रमाएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com