नेपालमा सेक्स टुरिजमलाई खुल्ला गर्नुपर्छ : डीबी लिम्बु, पूर्व अध्यक्ष, नाटा (खसोखास वार्ता)


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

पर्यटन क्षेत्रमा २० वर्ष लामो अनुभव बोटुल्नु भएका लिम्बु, नाटामा सचिव, महासचिव हुँदै अध्यक्षको जिम्मेवारी समेत बहन गरिसक्नु भएको छ । त्यस्तै,जोइन्ट टुरिजम कमिटिमा पनि उहाँ अध्यक्षकै भूमिकामा रहेर काम गरिसक्नु भएको छ । अहिले आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नु भएका लिम्बुसँग नेपालको पर्यटन विकासमा आधारित रहेर खसोखासले गरेको कुराकानी ।

राजनीतिक स्थिरतापछि पर्यटन क्षेत्रको विकासका लागि राज्यले कस्तो काम गरिरहेको पाउनु भएको छ ?

निरन्तरता बाहेक, देख्ने गरी खासैकाम भएको पाईदैन । प्रयास गरिएको छ, बिडम्वना परिणाम निस्कदैन । राज्यको तथ्यांक, अनुसार २०१७ मा दश लाख पर्यटक नेपाल आएका छन् । तर, पूर्वाधार निर्माण र पर्यटकीय क्षेत्रको सुधारमा आउनु पर्ने बदलाब निकै नगन्य छ ।

पर्यटन प्रवद्र्धनको लागि राज्यले तत्काल गर्नुपर्ने काम के के देख्नु भएको छ ?

पहिलो कुरा, यात्रुलाई सुक्षित यात्रा गराउनु हो । हवाईहोस् वा बाईरोड नै । यातायात सहज हुनुपर्छ । तपाईलाई थाहा छ होला,जहाजहरु आधा–आधा घण्टा आकाशमा होल्ड गर्नुपर्ने परेको छ । आकाशमा होल्ड गर्दा यात्रुहरुमा कस्तो खालको मानसिक त्रास हुन्छ ! त्यसले अन्तराष्ट्रिय रुपमा कस्तो सन्देश जाला ? राम्रो त पक्कै जाने छैन् । यसमा राज्यले ध्यान दिन जरुरी छ । अर्को, एयरपोर्टहरुको स्तर उन्नति गर्नु अतिनै आवश्यक छ । यसैगरी, बैकल्पिक एयरपोेर्ट निर्माण छिटो भन्दा छिटो गर्नु पर्यो ।

हुन त, अहिले १८ बाट २१ घण्टा एयरपोर्ट सञ्चालन गरिएको छ, यो सकारात्मक कुरा हो । तर, यसले पुग्दैन । मानौ, तत्काल प्राकृतिक प्रकोप आएर त्रिभूवन अन्तराष्ट्रिय एयरपोर्ट बन्द हुन पुग्यो, भारतले अबतरणको लागि अनुमति दिएन र आकाशमा रहेका यात्रुलाई फिर्ता लैजान फ्यूलले भ्याउँदैन, यस्तो अबस्थामा के गर्ने ? त्यसकारण बैल्पिक एयरपोर्ट आवश्यक छ । त्यस्तै, नेपालमा ध्वजावाहक जहाज त्यो पनि व्यावस्थापन सहित चाहिएको छ । ठूला–ठूला सिटिहल, अन्तराष्ट्रिय कन्फ्रेन्स हल, एक्जिबिसन हलहरु बनाउनु अहिलेको आबश्यकता हो ।

कुनै कार्यक्रम गर्नु पर्यो भने होटल बाहेक अरु विकल्प छैन । बिआईसिसि थियो, त्यो राज्यले कब्जा नै गर्यो । अर्को, मानिसलाई खुशी मिल्ले विभिन्न फनपार्क निर्माण गर्न जरुरी छ । अहिले मन्त्रीले केही काम गर्ने कोशिश गर्नु भएको छ । तर, कर्मचारीतन्त्र त पुरानै न हो । काम नगरी तलब बुझ्ने बानी परेको छ ।

भौतिक पूर्वाधार भएमा मात्र धेरैभन्दा धेरै पर्यटक भित्राउन सकिने हो वा अन्य कुराहरुको पनि सुधार गर्न जरुरी छ ?

टुरिजमको हिसाबले नेपाल सबैभन्दा सस्तो देशमा पदर्छ । तर,यातायात भने महंगो छ । पहिलो, नम्बर ध्वजा वाहक जहाज धेरै संख्यामा आवश्यकता छ । यस्तो गर्दा,एयर फियर सस्तो हुन्छ । घुम्न जाने ठाउँमा यातायात र बस्ने व्यावस्था राम्रो हुनुपर्दछ । धेरै पर्यटक चितवन, पोखरा, लुम्बिनि र नगरकोट जानुको मुख्य कारण यातायात, प्राकृतिक साथै मानव निर्मित मनोरञ्जन लिन सक्ने भौतिक संरचना र बस्ने राम्रो सुविधान नै हो । तर अरु ठाउँमा त्यो छैन । हामी पूर्वको इमाल हेर्न जानु पर्यो भने दुई दिन लाग्छ । हवाई मार्ग महंगो छ । पैसा र समय दुबै खर्च, गर्न मानिस चाहाँदैनन् ।

यस्तैगरी रारा जान सबैलाई मन छ । रारामा दुई घण्टा त राम्रोसँग बित्छ त्यसपछि के त ? जाँदा त्यत्तिकै दुःख हुन्छ ? त्यसैले प्राकृतिका साथै मानव निर्मित, समय बिताउने खालको कृतिम सौन्दर्यता पनि आवश्यक छ । जहाँ मानिस रमाउने र धेरै समय बिताउन सकोस् ।

प्रकृतिक सौन्दर्यतालाई जोगाउँदै प्राइवेट वा अन्य क्षेत्रलाई केही समयको लागि जमिन लिजमा दिएर हुन्छ कि ? केही समयको लागि सहुलियतमा दिएर हुन्छ कि ? नयाँ ठाउँमा पर्यटक प्रवद्र्धनका लागि मानव निर्मित मनोरञ्जन लिन सक्ने भौतिक संरचना निर्माण गर्नु आवश्यक छ । त्यो राज्यले सोच्नु पर्दछ । अहिले मानिस त्यहाँ यत्तिकै जमिन दिदा पनि जाँदैनन् । किनकी त्यहाँ भौतिक पूर्वाधारको राम्रो विकास हुन सकेको छैन । यातायातको राम्रो सुविधा हुनुपर्छ,अनि मात्र काम गर्ने बिच प्रतिस्पर्धा हुन्छ ।

अर्को, हाम्रो संस्कार संस्कृतिको कुरा आफ्नो ठाउँमा छ तर, कुनै एउटा क्षेत्र तोकेर सेक्स टुरिजमलाई पनि खुल्ला गर्दा हुन्छ । आखिर यो कुरा लुकिछिपि भइरहेकै छ । झन् त्यो बिकृतिको रुपमा भित्रभित्रै फैलिएको छ । यसलाई लुकाउन जरुरी छैन जस्तो लाग्छ ।

अहिले निकै चर्चा छ, विदेशी पर्यटकलाई नक्कली रिस्क्यू गरेर निजी क्षेत्रका व्यावसायीहरुले मोटो रकम असुल्ने गरेका छन् । अन्तराष्ट्रिय जगतमा बदनाम पनि भैरहेको छ, के यो साँचो हो ?

विदेशी पाहुनालाई यस्तो गर्नु लाजमर्दो कुरा हो । आफै बिरामी बनाउने र रेस्क्यू गर्ने नाममा धेरै रकम असुलि गरेको कुरा विदेशी पर्यटकले उजुरी गरेका हुन । यो हुनै, नहुने कुरा हो । तर,सबै व्यावसायी संलग्न छैनन् । सबैलाई एउटै बास्केटमा राखेर हेर्नु हुँदैन । केही मान्छेले यस्तो काम गरेका छन् । राज्यले नेपालको पर्यटन क्षेत्रलाई बदनाम हुनबाट बचाउने हो भने यस्ता कम्पनी र व्यक्तिलाई कानुनी दायराभित्र ल्याएर कडा कार्वाही गर्नु पर्दछ भन्ने, हाम्रो पनि माग हो । राज्य संचालकहरुले भोलि मैले भोट पाउँछु की पाउँदैन् भन्नेबाट काम गरेको पाइन्छ, यस्तो तरिकाले कार्वाही प्रभावकारी हुँदैन ।

आन्तरिक पर्यटन प्रवद्र्धको लागि के के गर्नुपर्ला ?

आन्तरिक पर्यटन प्रवद्र्धन सबैभन्दा मुख्य कुरा हो । नाटाको कार्यकालपछि म पनि आन्तरिक पयर्टन प्रवद्र्धनमा लागेको छु । आन्तरिक पर्यटन विकासको लागि नेपालीमा दुईवटा कुरा हट्नुपर्छ । पहिलो, एमआरपीमा विदेशी छाप लागेको गर्व गर्ने । अर्को, यहाँ नभए के भो र विदेश छ नि ! भन्ने सोच हट्नुपर्छ । यस्तो सोचले देशको विकास र आन्तररिक पर्यटन विकासमा असर गरेको छ ।

प्राकृतिक सुन्दरता हुँदाहुँदै, मानव निर्मित मनोरञ्जन लिन सक्ने भौतिक संरचना कत्तिको आवश्यक देख्नुहुन्छ ?

हाम्रो देश प्रकृतिक सौन्दर्यताले भरिपूर्ण छ । सांस्कृतिक र जातिय विभिधता छ । त्यो मात्र अब पर्यटन विकासका लागि अपुग हुन आउँछ । हामी कुनैपनि ठाउँमा पर्यटक घुमाउन लैजाउँ, एक घण्टा सम्म त मान्छेले प्रकृतिक सौन्दर्यताको आनन्द लिन्छन् त्यसपछि के त ? त्यो हामीले सोचेका छैनौँ । प्राकृति सौन्दर्यता छ । तर, त्यो ठाउँमा मान्छेलाई धेरै समय रोक्नको लागि मानव निर्मित मनोरञ्जन लिन सक्ने भौतिक संरचनाहरु निर्माण गर्नुपर्दछ । तब मात्र मानिस पटक–पटक त्यो ठाउँमा जान रुचाउँछ । नजिकै कालिञ्चोकको कुरा गराँै, निकै रमणिय छ तर, त्यहाँ बस्न र जान कठीन छ । यहाँ आउनेलाई अरु केही दिन रोक्न सक्नु पर्यो । त्यसको लागि कृतिम खालका मानिस रमाउन सक्ने संरचना बनाउन सकिन्छ । बस्नलाई मानिसको स्तरअनुसारको होटल आबश्यक छ । जाडोमा हिऊँ परेको छ, बस्ने ठाउँ छैन, भए पनि निकै कमजोर छ । त्यसरी त मान्छे मर्छ । पोखरा, लुम्बिनी र चितवन बाहेक आन्तरकि पर्यटनलाई भित्राउन सक्ने ठाउँ भनेको कालिञ्चोक पनि एक हो । त्यस्तै कन्यामको कुरा गरौँ । त्यहाँ बढीमा दुई घण्टा घुमैला, कतिराम्रो भन्यो सकियो । त्यसपछि के गर्ने त ? यहाँ अरु पनि धेरै क्रियाकलाप हुन सक्छ कि ? त्यो सोच्नुपर्छ । राम्रो के हुन सक्छ, यसमा हामीले पनि अध्यायन गरिरहेका छौँ ।

प्राकृतिक सुन्दरताबचाई राख्न के गर्नु पर्ला ? मानव निर्मित भौतिक संरचनाको कारण प्रकृतिक सुन्दरता कम हुँदैन गएको गुनासो आउन थालेको छ नि ?

यो क्षेत्रमा पहिलो कदम राज्यकै हुन्छ । राज्यले पहल कदमी लिनुपर्छ । मानिसलाई सम्झाउन सजिलो छैन । अहिले सगरमाथा फोहोर हुँदै गएको,पोखरा फेवताल नजिकको जमिन मासिदै आएको कुरा उठेका छन् । यसले सौन्दर्यतामा आच आउँछ । त्यसको लागि निजी क्षेत्रले, त्यो क्षेत्रमा काम गर्नेहरुलाई अभिमुखिकरण तालिम दिदैँ आएका छन् । खास गरी पयर्टन क्षेत्रमा काम गर्ने संस्थाले यो काम गरिरहेका छन् । पर्यटक आफ्नो ठाउँमा छ, त्यो क्षेत्रमा काम गरेर जिविकोपार्जन गर्ने मानिसहरुलाई सबैभन्दा बढी सचेत बनाउन जरुरी छ । यसैगरी, सरसफाई अभियाननै चलाउनु पर्यो । पयर्टक गाइडहरुलाई पनि यो कुरामा सचेत गराउनुपर्छ ।

राज्यको आर्थिक समृद्धिको लागि पर्यटक क्षेत्रको भूमिका कत्तिको महत्वपूर्ण छ ?

राज्यको जिडिपिमा कति योगदान छ भन्ने मुख्य प्रश्न हो । सरकारी तथ्यंक हेर्ने हो भने २.५ भन्छ कुनै संस्थाको तथ्यांकले४.५ भनेको छ । कसैले ८ सम्म छ भनेको छ । तथ्यांक संकलन पनि राम्रोसँग भएको पाइदैन । अधिकांश ट्रभल एजेन्सीहरुले प्रक्रिया मिलाएर काम गरेको पाइन्छ । तर, कसैले दर्ता नै नगरी सञ्चालनमा ल्याएका पनि छन् । यस्ताले ट्याक्स भ्याट तिर्नु परेन । ट्राभल एजेन्सी खोल्ने प्रक्रिया नै मिलेको छैन । राज्यले बनाएको नियमभित्र सबैलाई ल्याउनु पर्दथ्यो तर, ल्याएको छैन् ।

भ्यालीदेखि बाहिरका एजेन्सीहरु प्राय धेरै जसो टुरिजम महासाखामा दर्ता छैन, नेपाल राष्ट्रिय बैकमा दर्ता छैन । घरेलुमा दर्ता गरेकाले नगरपालीकालाई मात्र ट्याक्स तिर्ने गरेको छ । त्यहाँ भएको आम्दानी र रोजगारी दिएको कुराको लेखाजोखा नै हुँदैन, त्यसपछि जीडीपी त तलनै देखाउने भयो । यो क्षेत्रमा भएको आम्दानीको रियल डाटा छैन । कुनलाई आधार मानेर कुरा गरौँ ।

पर्यटन प्रवद्र्धनको लागि विदेशमा रहनुभएको नेपालीको भूमिका कक्तिको महत्वपूर्ण छ ?

निकै महत्वपूर्ण छ नि ! त्यो भन्दा ठूलो भूमिका विभिन्न देशमा रहेका राजुताबासको छ । राजदुतवासले त्यहाँ रहेका नेपालीहरुलाई आफ्नो देशको पर्यटन क्षेत्रका बारेमा जानकारी गराउने र हरेक आफ्ना नगरिकलाई जिम्मेवारी दिनु पर्यो, ताकी नागरिकले गौरव महशुस गरोस् कि मैले रोजगारीको साथै देशको लागि यो पनि योगदान गरेको छु । तर त्यो भूमिकामा राज्य कमजोर रहेको छ । अर्को त्यहाँ प्राप्त गरेको ज्ञान देशमा लागु गर्ने अर्को पाटो छदैछ । विदेशबाट आफ्नो देश घुम्न जाउ भनेर एक नेपालीले एक विदेशी पठाउन सक्ने हो भने धेरै हुन्छ । केही साथीहरु देशको पर्यटन विकासको क्षेत्रमा केही योगदान गर्न सक्छु कि भनेर म नाटामा हुँदा आउनुहुन्थ्यो ।

एनआरएनको भूमिका नि ?

एनआरएनले त गरेको छ । उहाँहरुले आफ्नै खर्चमा स्टलहरु राख्ने र प्रचार गर्ने, अन्तरक्रिया गर्ने गर्नु भएको छ । संस्थाले पर्यटन पवद्र्धनको लागि अभियान नै तय गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com