जर्सीसिटीमा महिलाहरू ले तीज मनाए


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

जर्सीसिटी/कारणका लागी महिला (WFC) सम्पूर्ण जर्सीसिटी का दाजुभाई हरू द्वारा आयोजित एवं बोलोबहन हड्सन स्पिक्स को सह- प्रायोजनमा सधैं झैं यसपालि पनि महिला दीदी बैनीहरू छम छम नाचे। प्रवास मा रहेर होला ” फाटिदिए बादलू ,हेर्छू…म माइतीको देश” गीत गाँउदै,नाच्दै आफ्नो देश र माइतीलाई समझिए ।

सो अवसर मा बोल्दै जर्सी सिटी का सल्लाकार , WFC संस्थापक अध्यक्ष एडवान का संस्थापक डा. बिष्णुमाया परियार ले नेपाली माथी हूने सबै प्रकार का समस्याहरू लाई समाधान गर्नू आफुहरू सक्षम भएको बताऊँनू भयो। महिला माथी हूने हिंसा का विरुद्ध संसारभर आवाज उठाऊँन आग्रह गर्दै हामी नेपालीहरू जहाँ रहेपनि नेपाल र नेपाली को पहिचान उच्च बनाऊँन अनुरोध गर्नू भयो।

WFC का अध्यक्ष गीता पोखरेल ले नेपाली महिला हरू को महान चाड हरतालिका तीज को अबसर सबैलाई शूभकामना व्यक्त गर्नू भएको थियो ।

यूस अनलाइन का प्रधान सम्पादक एवं JCNC का संस्थापक प्रदीप थापा परियार ले यस वर्ष देखी चेलि बेटीहरूलाई दाजुभाई को संयोजन मा दर खूवाऊने, सल्लाह गरिएको बताउनू भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त कार्यक्रम मा WFC का उपाध्यक्ष सरिता शर्मा र कार्यसमिति सदस्य निर्मला कुमाल ले शूभकामना तथा स्वागत गर्नू भएको थियो।

कार्यक्रम को संचालन WFC का कार्यसमिति सदस्य बसन्ता खड्का संचालन गरेकी थिइन।

चेलि बेटी हरू बाक्लो उपस्थिति रहेको उक्त शूभकामना आदान प्रदान कार्यक्रममा दाजु भाईहरू को साथले झनै रौनक़ बढ़ाएको थियो ।

तस्विर/प्रदीप थापा परियार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com