फेसबुक स्टाटसका कारण युएससीआईएसमा उप निर्देशकमा नियुक्त हुन लागेका पूर्व बिगे्रडियर जनरलले नियुक्ती गुमाएका छन् । उनलाई सेप्टेम्बरदेखि काम गर्नेगरी युएससीआईएसको उप निर्देशक पदमा नियुक्त गर्न लागिएको थियो ।
गाय सैंड्स पिंगोट नामका ती अधिकारीले विगतका पोष्ट गरेका मुस्लिम विरोधी फेसबुक स्टाटसहरु संचारमाध्यममा आएपछि उनको नियुक्ती रोकिएको हो । उनले दुईबर्ष अगाडिको फेसबुक स्टाटसमा इस्लामलाई नाजी पार्टीसँग तुलना गरेका थिए । साथै उनले मुस्लिम विरोध लेखहरु पनि फेसबुकमा पोष्ट गरेका थिए ।
युएससीआईएसका प्रवक्तालाई उनलाई अब नियुक्त नगरिने प्रष्ट पारेका छन् । यद्यपी विगतमा पोष्ट गरिएका मुस्मिल विरोध पोष्टहरु भने सार्वजनिक रुपमा उपलब्ध छैनन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
उनलाई युएससीआईएसमा हालै सृजना गरिएको नागरिकता खोस्ने युनिटको रेखदेखको समेत जिम्मा दिनेगरी ल्याउन खोजिएको थियो । उक्त युनिटले झुठो विवरण पेश गरेर अमेरिकी नागरिकता लिनेहरुको नागरिकता खोस्ने अभियान चलाइरहेको छ ।
सैंड्स पिंगोटले अमेरिकी सेनामा झण्डै २८ बर्षसम्म काम गरेका थिए । जगेडा सेनाका प्रमुखकको कार्यालयमा उनले निर्देशकका रुपमा समेत काम गरेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।