नेपाली नेशनल कन्भेन्सन शिकागोमा शुरु , ‘नेपाली एकता नै हाम्रो संकल्प हो’ : बाला धिमिरे


प्रकाशित मिति : भाद्र १६, २०७५ शनिबार

“नेपाली समुदायको लागी एकता” भन्ने नाराका साथ नेपाली नेशनल कन्भन्सन शिकागोमा शुक्रबार शुरु भएको छ । अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको सो कन्भेन्सनको पहिलो दिन शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि, पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुर्वमन्त्रि सुरेन्द्र पाण्डे, कांग्रेस नेता विश्वप्रकाश शर्मा, नेपाली महाबाणिज्यदुतहरु प्रेमराजा महत, ऋषि ढकाल कलाकारहरु भुवन केसी, सुनील थापा, प्रमोद खरेल, निता ढुंगाना, हिमाल सागर लगायतको उपस्थिति थियो ।

कार्यक्रमको दोस्रो दिन, शनिबार, उद्घाटन समारोह र विभिन्न विषयमा सेमिनारहरु संचालन हुनेछन् । कार्यक्रमको आकर्षणको रुपमा रहेका राष्टिय आविश्कार केन्द्रका महाविर पुनले नेपाल फोरममा कार्यपत्र प्रस्तुत गर्नछन् । “नेपालको विज्ञानप्रविधिको विकासको लागी अत्यावश्यक मानिएको आविश्कार केन्द्रको बारेमा नेपाल फोरममा व्यापक अन्तक्र्रिया हुनेछ ।” फोरमका संयोजक एवं एएनएका अध्यक्ष मेदिनी अधिकारिले बताए ।

कार्यक्रममा लागानी फोरम, नेपालको पर्यटन प्रवर्धन सम्बन्धी सेमिनार, रोजगारि फोरम, र स्थानिय संस्थाहरुसंग सहभागीता जस्ता महत्वपुर्ण सेमिनारहरु राखिएको छ । शनिवार सांझ युवाहरुका ढुकढुकी गायक प्रमोद खरेल, हिमाल सागर,निमा रुम्बा र कर्म व्याण्डको संगीतिक प्रस्तुली रहने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको तेस्रो दिन, आइतबार बर्तमान समयमा ज्यादै आवश्यक मानिएको आप्रवासन तथा व्यवसायीक कानून सम्बन्धी सेमीनार हुनेछ जसमा न्यूयोर्कका कानून व्यवसायी बासु फुलारा श्रोत व्यक्तिका रुपमा रहेका छन् । “बर्तमान अमेरिकी कानून र नेपाली समुदायका सामयीक कानूनी सरोकारहरुमा यो सेसन केन्द्रित हुनेछ ।” फुलाराले भने ।

आइतबार नै अन्माको निर्वाचन पनि हुनेछ । खेलकुद प्रतियोगिता, स्वास्थ्य सम्बन्धी सेमिनार, गिभिगं ब्याक्क टु मदरल्याण्ड र महिला सशक्तिकरण तथा घरेलु हिँसा आइतबारका अन्य आकर्षणहरु हुन् । कार्यक्रममा एएनए, नाशा, अन्माले नेशनल कन्भेन्सनको सम्बन्धमा एक संयुक्त प्रतिबेदन पनि प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघले पुर्वप्रधानमन्त्री माधवकुमार नेपालसंग नेपालको सामयीक विषयमा अन्तक्र्रिया आयोजना गरेको छ जसको सहजीकरण संस्थाका महासचिव किरण मरहट्ठाले गर्नछन् ।

सम्मेलनको अर्को आकर्षणको रुपमा रहको छ नेपाली पपुलर फिल्म अवार्ड आइतबार साँझ सम्पन्न हुने सम्मेलनका प्रेससंयोजक सुर्य थापाले बताए । “अमेरिकामा रहेका नेपालीहरु बिच एकता, सद्भाव र प्रेम नै हाम्रो मुल ध्यय हो, यस मामिलामा यो सम्मेलन कोसेढुंगा सावित हुनेछ ।”

सम्मेलनका प्रमुख संयोजक एवं अन्मा अध्यक्ष बाला धिमिरेले भने । अमेरिकाभरका विभिन्न संघ संस्थाका प्रतिनीधि, बुद्धिजिवी, उद्यमी र समाजीक अभियन्ताहरुको भव्य उपस्थिती रहेको सम्मलनमा विभिन्न समाजिक व्यक्तित्वहरुलाइ अमेरिकी राष्ट्रपति कार्यलयबाट प्रदान गरिएको प्रेसिडेन्ट भोलेन्टिएर्स अवार्ड हस्तान्तरण गरिएको थियो ।

“यो सम्मेलनलाइ देश विदेशका नेपालीले बडो उत्सुकतापुर्वक हेरिरहेका छन्, हामी शिकागोबाट नेपाली डायस्पोराको इतिहासमा एकताको सन्देश दिन सफल भएका छौँ ।” नाशा अध्यक्ष माधव ढकालले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com