‘अमेरिकी प्रहरीबाट नेपाली युवा मारिएको घटना अन्यायपूर्ण’


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

अमेरिकाको कोलोराडो वेष्टमिनिस्टरमा प्रहरीको गोलीबाट नेपाली युवा बिरेन्द्र ठकुरी मारिएको घटना ‘अन्यायपूर्ण’ रहेको एनआरएनएले जनाएको छ । एनआरएनए कोलोराडो च्याप्टरले श्रद्धाञ्जली जारी गर्दै घटना ‘अन्यायपूर्ण’ रहेको जनाएको हो ।

पीडितलाई राहत तथा न्याय दिलाउन पहल भइरहेको र थप जानकारी ठकुरी परिवारका तर्फबाट नियुक्त वकिलसँग सल्लाह गरेर सार्वजनिक गरिने एनआरएनए कोलोराडोले जनाएको छ ।

कोलोराडोको रान्च रिजर्भ पार्कवे र फेडेरल बोलुभर्डमा गत शनिबार बेलुका भएको घटनामा प्रहरीले नेपाली युवामाथि गोली हानेको थियो । सडकको छेउमा केही व्यक्तिहरु झगडा गरिरहेको खबर पाएपछि बेलुका पौने ९ बजेतिर त्यहाँ प्रहरी पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी पुग्दा सडकको छेउमा केही व्यक्तिहरु रहेका थिए । प्रहरी आएपछि मृतक ठकुरी र उनका दाजु प्रहरी भएतिर अगाडि बढेका थिए । दुईजना व्यक्ति आफूतिर अगाडि बढेको र उनीहरुले आदेशको पालना नगरेको भन्दै प्रहरीले गोली चलाएको थियो ।

गोली लागेका बिरेन्द्र ठकुरीलाई अस्पतालमा मृत घोषणा गरिएको थियो भने उनका दाजुलाई प्रहरीले हिराशतमा लिएको थियो । तर उनलाई राती अबेर प्रहरीले रिहा गरेको थियो ।

ठकुरीलाई न्याय दिलाउने कार्यमा र परिवारलाई राहतका लागि यो लिंकमा क्लिक गरेर सहयोग गर्न सक्नुहुनेछ ।

 

फोटो श्रोत : फेसबुक र गोफण्डमी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com