न्यूह्यामसरमा आदिवासी दिवस


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

– माधव गुरुङ

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, न्यूह्यामसर राज्य च्याप्टरले २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएको छ । च्याप्टरले पहिलोपटक भब्य कार्यक्रमको आयोजना गर्दै आदिवासी जनजाति दिवस मनाएको हो ।

कार्यक्रममा गुरुङ, राई, नेवार, लिम्बू, तामाङ, मगरलगायतका जनजातिहरुको जातिय पहिचान झल्कने भेषभूषा, नृत्य र झाँकीहरुको प्रदर्शन गरिएको छ । कार्यक्रममा न्यूह्यामसर, मासाच्युसेट्स, कनेक्टीकट, भरमन्ट, न्यूयोर्कलगायतका राज्यहरुमा स्थापित आदिवासी जनजाति संघसंस्था, नेपाली समाज, गैर आवसीय नेपाली संघलगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने न्यूह्यामसर राज्यका सिनेटर, राज्यप्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

‘हामीले न्यूह्यामसरलगायत छिमेकी राज्यहरुमा बसोबास गर्ने नेपाली मूलका विभिन्न जातजातिहरुलाई पहिलोपटक एकै ठाउँमा भेला गराएका छौं’ आयोजक संस्था फिप्ना न्यूह्यामसरकी अध्यक्ष सुन्दरी गुरुङले भन्नुभयो ‘परदेशमा भएपनि आफ्नो पहिचान, संस्कृति र भेषभूषालाई जगेर्ना गर्ने मात्रै होइन नयाँ पिडीलाई सिकाउने प्रयत्न पनि गरेका छौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com