युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सम्पन्न


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

नेपाली अमेरिकन बिज्ञहरु को संस्था युएस नेपाल पोलिसी सेन्टर को तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहर मा सम्पन्न भएको छ ।

बोस्टन को हावार्ड विश्व विध्यालय मेडिकल स्कूल को सभा हल मा ६५ विज्ञहरु र दर्जनौ स्थानीय को उपस्थितिमा सम्पन्न सम्मेलन मा नेपाल र अमेरिका का १७ राज्य बाट २४ जना विज्ञ हरु द्वारा विषयगत प्रस्तुतीकरण र सवाल जवाफ भएको थियो ।

नेपालको समावेसी बिकास मा मानवीय स्रोत बिकास लाई कसरी संस्थागत गर्ने केन्द्रीय विषय रहेको सम्मेलन को संयोजन युएसएनपीआरसीका सदस्य तथा हाबर्ड बिश्व बिद्यालयका बैज्ञानिक दीनबन्धु भट्ट ले गर्नु भएको थियो । सम्मेलनमा बिज्ञहरु डा सुरेन्द्रराज देवकोट, डा आमोद पोख्रेल्, डा आलोक देवकोटा, डा यादव पन्डित्, डा सुमन पराजुली, अमेरिकि सरकार डिपार्टमेन्ट अफ कमर्सका डा अमिताभ दास , डा तिलक भन्डारी, डा कूल काप्री, डा शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, बंसलाल तामाङ , डा बिष्णु घिमिरे, डा अनोवा गुरुङ ,कोविद दाहाल , अजित बराल , राज सराफ , मुकेश बराल , नरेन्द्र जोशी, डा पंकज बराल , डा लक्ष्मीविलाश आचार्य , डा प्रकाश श्रेष्ठ डा शिवहरी दाहाल , एडा थापा डा रुद्र अर्यालले बिभिन्न विषय मा प्रस्तुतीकरण र प्रस्नोत्तर गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको लागि र अमेरिका रहेका नेपालीका लागी संबन्धित सरकार र सरोकारवाला निकायहरु लाई बिभिन्न नितिगत विषयमा नेपाली बिज्ञहरु बाट सामुहिक र संथागत सहयोग र सुझाव दिने उद्देष्य रहेको यस संस्था को तेस्रो सम्मेलन पांचवटा सत्र मा बिभाजित रहेको थियो ।

संस्थागत संरचना र स्थानीय सरकारहरु विषयक सत्र को सभापतित्व र संचालन डा राजन पन्त, कृषि, प्रत्यक्षा बैदेशिक लगानी र आर्थिक बिकास बिषयक सत्र को सभापतित्व र संचालन डा अर्जुन बन्जाडे, बिदेशमा रहेका नेपाली र सुचना प्रविधी बिषयक सत्र को सभापतित्व र संचालन डा देश राज संयोक , स्वास्थ्य र बिकास बिषयक सत्रको सभापतित्व र संचालन जगदम्वा अधिकारी,र यु एस एन पी आर सी संस्था द्वार हाल संचालीत र भावी परियोजना सत्र को सभापतित्व र संचालन तरुण पौडेलले गर्नु भएको थियो ।

सम्मेलनमा युएस नेपाल पोलिसी रिसर्च सेन्टर का अध्यक्ष डा आमोद पोखरेलले स्वागत तथा भावी योजना मन्तब्य, कार्यकारी सचिव डा अर्जुन बन्जाडेले संस्थाका गतिबिधीका बारेमा र दीन बन्धु भट्ट ले धन्यवाद मन्तब्य राख्नु भएको थियो । युएस नेपाल पोलिसी रिसर्च सेन्टरको बोर्ड बैठक बसी केहि संस्थागत विषयमा निर्णय गर्दै आगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सान फ्रान्सिस्को मा आयोजना गर्ने र सन २०१९ को सुरु तिर काठमाण्डौ मा नेपाल मा नयाँ संथागत संरचना अवसर कि संकट विषय मा अन्तराष्ट्रीय सेमिनार आयोजन गर्ने निर्णय गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com