‘सेप्टेम्बर ११ पछि प्राथमिक कागजात नै छुटेमा ग्रिनकार्ड आवेदन सिधै अस्वीकृत हुनसक्छ’


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

– केशवराज सेडाई, कानुन व्यवसायी

थप कागजातको अवशरविनै आवेदन अस्वीकार गर्नसकिने नयाँ नियम के हो ?

पहिले कुनै पनि आवेदन युएससीआईएसमा दिंदा थप कागजातको अनुरोध ९च्भत्रगभकत ायच भ्खष्मभलअभ च्ँभ्० वा अस्वीकार गर्ने आशयको सुचना ९ल्यतष्अभ या क्ष्लतभलत तय म्भलथ ल्इक्ष्म् ० जारी गरेर आवेदकलाई थप कागजात पेश गर्ने मौका दिइन्थ्यो । सेप्टेम्बर ११ पछि युएससीआईएसका अधिकारीहरुले आरएफई वा एनओआईडीविना नै आवेदन अस्वीकार गर्नसक्नेछन् । तर आरएफई वा एनओआईडी जारी गर्दै नगर्ने भने होइन । उदाहरणका लागि विद्यार्थीले कलेज ट्रान्सफर गर्दा उचित आई ट्वान्टी, सिभिज शुल्क तिरेको रिसिप्ट, राम्रोसँग भरिएको आई ५३९ आवेदन र शुल्कतिर्ने क्षमता भएको आर्थिक कागजात बुझाउनुपर्छ । तर आर्थिक कागजात वा कुनै कागजात छुटेको भएमा सरकारी अधिकारीले कागजात छुटेको सुचना दिएर बुझाउन सुझाव नदिइकनै सिधा आवेदन अस्वीकार गर्न सक्नेछन् । मौका दिनपनि सक्छ, नदिन पनि सक्छ । पहिले दिनैपर्ने थियो । अब अधिकारीको तजबिजमा भरपर्ने भयो । विवाहमा आधारित, रोजगारमा आधारित वा परिवारमा आधारित ग्रिनकार्ड आवेदनमा पनि यो नियम लागु हुनेछ । उदाहरणका लागि आई १३० फाइल गर्दा विवाहको प्रमाणपत्र पेश गरिएको छैन, दाजुभाईका लागि फाइल गर्दा जन्मदर्ताको प्रमाणपत्र छैन भने अधिकारीले अर्को मौका विना पनि आवेदन अस्वीकार गर्न सक्छन् । प्राथमिक प्रमाण नै नभएको अवस्थामा आवेदन सिधा अस्वीकार गर्न सक्छन् । एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड आवेदन दिंदा मेरिट देखिएन भने पनि सिधै अस्वीकृत हुनसक्छ ।

एचवान फाइल गर्दा वा ईबीवान लगायतका श्रेणीमा ग्रिनकार्ड जारी गर्दा थप कागजातको मौका दिने गरी असाध्यै धेरै आरएफईहरु जारी हुन्थे, अब त्यो कम हुने भयो ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै पनि आवेदन दिंदा आधारभूत कागजातहरु पेश गर्नैपर्छ । सुरुमा हेर्दा त्यो आवेदन स्वीकृत गर्न योग्य नै नहुनेगरी कागजात छुटाउनु भएन । प्राथमिक कागजात नै सुरुमा पेश गर्न छुटाएमा आवेदन अस्वीकृत हुँदा समय र पैसामात्र खेरजाने होइन, अर्को स्टाटसमा जाँदा कागजपत्रविहिन हुने खतरा समेत रहन्छ । कागजपत्रविहिन हुनासाथ देशनिकालाको प्रकृयामा जाने सम्भावना रहन्छ ।

वजन नै नभएका आवेदनहरु धेरै फाइल हुँदा अध्यागमन बोझिलो भएकाले बोझ हटाएर राम्रा आवेदनबारे छिटो फैसला दिन यसो गरिएको भनिएको छ । अब राम्रा आवेदनबारे छिटो फैसला होला ?

ट्रम्प सरकारले अध्यागमन नीतिहरुलाई धेरै कडा बनाएको छ । निगरानीहरु पनि बढाइएको छ । यो निगरानीमा सबै आवेदनलाई कडा रुपले हेरिनेछ । स्वीकृत दर पनि कम हुने सम्भावना देखिन्छ । पहिलो कमजोर केसलाई अस्वीकृत गर्ने आशयको कागजात दिइने गरेकोमा त्यस्ता केस अब सिधा अस्वीकृत हुने सम्भावना छ । आवेदकले पूरा तयारीका साथ आवेदन दिन जरुरी छ । यदि कोही विद्यार्थीभिसाबाट एचवानबीमा जाने क्रममा रोजगारदाताले आफूसँग काम भएको प्रमाणित गर्नुपर्छ । त्यस्तो प्रमाणित गर्ने कागजात पठाउन नसकेको खण्डमा आवेदन सिधा अस्वीकृत भएर विद्यार्थी भिसामा रहेको व्यक्ति कागजपत्रविहिन पनि हुनसक्छ । त्यसैले यो गम्भीर प्रकृतिको अवस्था छ । त्यसैले होमल्याण्ड सेक्युरिटीमा आवेदन दिंदा तीनचारपटक राम्रोसँग आफैले हेरेर आवेदन दिनुपर्छ । यो नियम सेप्टेम्बर ११ देखि लागु हुने भएपनि अहिले नै आवेदन दिंदा पूर्ण तयारीका साथ दिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com