सार्वजनिक लेखा समिति नेतृत्वविहीन


प्रकाशित मिति : मंसिर १२, २०७३ आईतबार

सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अझै नेतृत्व पाउन सकेको छैन । समिति नेतृत्वविहीन भएको तीन महिना बितिसके पनि सभापति चयनको प्रक्रिया अगाडि बढेको छैन । सभापति नहुँदा समितिमा पुराना उजुरी थन्किएका छन् । तीन महिनायता नयाँ उजुरी पनि दर्ता भएका छैनन् ।

तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री चयन भएपछि लेखा समिति सभापतिविहीन छ । ज्येष्ठ सदस्यबाट तत्काल कार्यसम्पादन गर्न सकिने भए पनि बैठक बसेको छैन । ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो । सार्वजनिक लेखामा सभापति प्रतिपक्ष दलको सांसदबाट हुने व्यवस्था अनुसार सभापतिमा एमालेले दाबी गरेको छ तर माओवादी केन्द्रले पनि सभापतिमा चासो देखाएको छ ।

दुवै पार्टीको दाबी बढेपछि सभामुख ओनसरी घर्तीले सभापति चयनबारे यसअघि परामर्शसमेत गरेका थिइन् । सभामुखले परामर्शसँगै दसैंलगत्तै सभापति चयन गर्ने बताए पनि प्रक्रिया अघि बढ्न नसकेको गोरखापत्रमा खबर छ । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले सभापति चयनका लागि सभामुखले यसअघि सक्रियता बढाउनु भए पनि अहिले खासै प्रगति नभएको बताए ।

समितिलाई नेपाल सरकारका सम्पूर्ण निकाय तथा सरकारको मातहतमा रहेको सङ्गठित संस्था, संस्थानलगायतको सार्वजनिक लेखामा छानबिन र आवश्यक निर्देशन गर्ने अधिकार छ । यस्तै सार्वजनिक निकायमा भएका अनियमितताका विषयमा पनि प्राप्त उजुरी र अध्ययनमा समितिले आवश्यक कारबाही अघि बढाउन सक्ने क्षेत्राधिकार छ । समितिमा स्थायी सभापति नहुँदा हाल नयाँ उजुरी दर्ता भएका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com