भैरहवा विमानस्थलमा मुआब्जाको खेल


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको लागत ४० अर्ब रुपयाँ पुग्दैछ ।

जबकि सरकारले ८ अर्बमा निर्माण हुने भन्दै सस्तो आयोजनाको रुपमा ब्याख्या गर्दै आएको छ । आजको कारोबार दैनिकमा खबर छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि गत वर्ष मात्रै ५ अर्व रुपयाँ मुआब्जा वितरणमा सकिएको छ । तर मुअाव्जा वितरणमा ढिलाइ भएकाे भन्दै स्थानियका विचमा असन्तुष्टी पनि चुलिदै गएकाे छ ।

पोखरा विमानस्थलको निर्माण सुरु हुनै लाग्दा मुआब्जाकै बिषयमा आन्दोल सुरु भएको छ । राज्य सञ्चालनको जिम्मा लिएकाहरुले कुनै सोचबिचार नै नगरी आयोजना अगाडी बढाउछन् भन्ने यी उदाहरणले स्पष्ट पार्दछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com